
कविपरिचय :
सिद्धिचरण श्रेष्ठ (१९६९-२०४९) ओखलढुंगा जिल्लामा जन्मेका थिए । नेपाली भाषाको पहिलो सामाजिक उपन्यासकार हुन् विष्णुचरण श्रेष्ठ । उनका एक मात्र पुत्ररत्नका रूपमा यस धरामा आएका थिए सिद्धिचरण श्रेष्ठ । नेपाली र नेवारीमा गरी डोकाका डोका कविता, संस्मरण, भूमिका, नाटक सिर्जना गरी युगलाई आमन्त्रण गर्ने सामथ्र्य भएका कवि हुन् सिद्धिचरण श्रेष्ठ । काल्पनिक आदर्श, प्रकृति, ईश्वर, मानवीय चेतको त्रिकोणात्मक मण्डपका कोणमा जगत् र जीवलाई खेलाउँदै रमाएर आई जगत् सिँगार्ने सामथ्र्यका दृष्टिले पौरस्त्य चिन्तकले अनुभूत गरेको त्यो परम चैतन्यलाई चुनौती दिँदै आफूलाई पनि नव जगत् स्रष्टा ठानेर उससँग पौंठाजोरी खेल्न खोज्ने देवकोटा र युगका पीडा र व्यथालाई प्रकृतिसँग साटेर माटाको महिमाका साथै भूगोल र प्रकृतिलाई अभिन्न ठानेर मातृभूमिको महिमोद्गान गर्ने युगकवि सिद्धिचरणलाई नेपाली काव्यधाराबाट झिकिदिने हो भने नेपाली काव्यको फाँट रित्तो, सपाट उराठलाग्दो बन्न सक्छ भन्ने लाग्छ मलाई ।
केही महका थोपा जस्ता कविता लेखनाथका, सारान सारा दल्छिनढुंगामा लुकेको आगो जस्तो झिलिक्कझिल्कामा झिल्कने समका बौद्धिक दार्शनिक कविता र केही चुल्बुले भावका प्रतीकमा लुकेको क्रान्तिचेतको नवबान्कीले भरिएका गोपालप्रसाद रिमालको ‘आमाको सपना’ भित्रका र मोहन कोइरालाका भाषा भाँच्चिएका अभिव्यक्तिभित्र झल्कने नेपालीका टाक्सिएका जराको करुणगाथा जसले नेपाली शासकीय चेतनाले आफू बाँच्नका निमित्त जनतालाई फर्सी र तिनका जिजीविषालाई पाषाणका छातीमा जमेको एक चिम्टी माटाका भरमा टाक्सिएर ज्युँन प्रयास गरेको झल्को दिएर वारिपारिबाट सुसेलेको पनि नसुनेर टेबुलमा त्यही टाक्सिएका जीवनलाई काटेर टुक्राटुक्रा पारेर रमाउने बुर्जुवा लालसाको अभिचित्रले आजका धेरै कविता आमन्त्रण गर्न पक्कै सक्नेथिएन ।
उर्वशी, ओखल्ढुंगा, मंगलमान्, कुहिरो र घाम, सिद्धिचरणका प्रतिनिधि कविता, आँसु, भीमसेन थापा, जूनकीरी, ज्यानमारा शैल, मेरो प्रतिबिम्ब, युद्ध र शान्ति जस्ता ओजस्वी कविताबाट चिनेका सिद्धिचरणलाई २०३६ पछिको नेपाल र नेपालीको शक्ति र सामथ्र्यको आकलन गरेर वर्णमातृक छन्दका सुन्दर कविता ३४ वटा चार पाउ भएका पढेपछि सिद्धिचरणलाई नमन गर्दछु ।
सिद्धचरणका छातीभित्र क्रान्तिको राँको, सौन्दर्यको भण्डार, मातृभूमिको अनन्यश्रद्धा, प्रकृतिमय अभिव्यक्तिमा लहराउने मात्रा छन्द र वर्णमातृक छन्दको सुधामय प्रवर्षण, अभिव्यक्तिको प्राकृतिक बनावटबाट प्रकट हुने वैविध्यात्मक छायाँछविभित्र महागुरु प्रकृतिका विराट् रूपको आमन्त्रण गर्न देवकोटा र श्रेष्ठले जति सकेको देखिएन नै । यसै सन्दर्भमा आज म २०३९ साललाई ‘नववर्षको शुभकामना’ शीर्षकमा लुकाएर ‘नेपाल’ नेपालीलाई दिएका रहेछन् । रविचरण श्रेष्ठका सौजन्यबाट त्यो मैले पढेँ देशकाप्रति कविको भाव मोह र श्रद्धाको दूधकोसी छङ्छङाएको भेटेर म पनि व्यामोहित भएँ । उर्वशी, ओखल्ढुंगा, मंगलमान्, कुहिरो र घाम, सिद्धिचरणका प्रतिनिधि कविता, आँसु, भीमसेन थापा, जूनकीरी, ज्यानमारा शैल, मेरो प्रतिबिम्ब, युद्ध र शान्ति जस्ता ओजस्वी कविताबाट चिनेका सिद्धिचरणलाई २०३६ पछिको नेपाल र नेपालीको शक्ति र सामथ्र्यको आकलन गरेर वर्णमातृक छन्दका सुन्दर कविता चौतीसवटा चार पाउ भएका पढेपछि सिद्धिचरणलाई नमन गर्दै म आज ‘नेपाल’ को महिमोद्गान गरेको यही कवितामाथि केन्द्रित रहनेछु ।
प्यारो र पवित्र नेपाल
नेपाल सबै नेपालीका लागि प्यारो छ । यसमा शंका गर्ने ठाउँ छैन । संसारका सारा मान्छेका लागि माता र मातृभूमि प्यारो नै हुन्छ । अशेषकवि सौन्दर्यका छाल बगेको देखेर भन्छन्-
नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष
संगीतको मूल फुटी विशाल
छल्कीरहेझैँ लयबद्ध छाल ।
यहाँ एकसाथ कविले नेपालको इतिहास, प्राकृतिक आभा, यहाँका लोकभाका, लोकवैशिष्ट्यलाई सम्झेका छन् । भणिति हेर्दा लयात्मक छ । शब्दविन्यास कला एकनास छैन । पहिलोमा चार पद छन् । अक्षरवितरण पहिलोमा तीन, दुई, एक, तीन, दुई रहेको देखिन्छ । दोस्रामा तीन, दुई, दुई, तीन रहेको देखिन्छ भने तेस्रामा चार, दुई, दुई, तीन छ भने चौथामा पाँच, तीन, दुई भएर आएको देखिन्छ । असमान वर्ण र असमान लयका बनावटबाट समान लयको सिर्जना भएको छ । कविता पठनमा कतै पनि लय व्याघात या व्यवधानको अनुभव पाठकले गर्नुपर्दैन । वर्ण वितरणमा एक रूपता छैन तर पनि अभिव्यक्ति क्रमका प्रत्येक वाक्यमा एघार-एघारवटा वर्ण वितरित रहेका देखिन्छन् ।
पदका हिसाबले हेर्दा पहिलामा पाँच दोस्रामा चार छन् । तेस्रामा चार, तीन, रहेका देखिन्छन् । वर्णले पद बनाउँछन् र पद पदमा रहेका ह्रस्व दीर्घ वर्णले लय सिर्जना गरेका छन् अनि समग्र कथनमा आएर कवि कल्पनाको एक लहर प्रवाहित भएको छ । त्यसले चौथामा पुगेर एक लयको विश्रमण पनि प्राप्त गरेको छ । यसै गरी पुनः पुनः दोहोरिँदै गएर चौतीसवटा पद्यसमूहको सानो एउटा लघुकाव्यात्मक रूपको यस काव्यमा कवि श्रेष्ठले नेपालको समग्र श्रेष्ठताको उद्गान गरेका छन् । उनको मन अघाउँदैन देशलाई हेरेर जति हेरे पनि हेरिरहुँजस्तो लाग्छ ।
माया खन्याएर पनि उनको मन रित्तिँदैन र त भन्छन् ‘माया खन्याए जति झन् खन्याउँ÷सन्मान गाए जति जति हुन्छ गाउँ’ भन्दै कवि देशका मोहमा लुट्पुटिएका छन् । आमा आमा नै हुन् उनी राम्री भए पनि नराम्री भए पनि । सत्सन्तानका लागि आमाभन्दा गुनिलो र आमाभन्दा सुन्दर अनि त्यो भन्दा नजिकको कुरो त केबल प्राण या सासमात्र हुन्छ । किनभने आमा स्वर्गे हुँदा साधारणतया सन्तान अपघात गरेर मर्दैनन् । सामाजिक कानुनी र सांस्कृतिक क्रियाकर्म सन्तानले गरेर नै त प्रतिष्ठा आर्जन गरेको देखिन्छ ।
अतः आमा र बाभन्दा प्रिय प्राण नै हुन्छ यथार्थ नजरले मूल्यांकल नगर्दा । देशका लागि नाच्न, गाउन र गला मिलाएर मात्रै पनि चित्त नबुझेपछि कवि भावुक बनेर अलिकति पनि दुःख नमानीकन आफ्नो शिर आफैँले काटेर चढाउँ कि भन्दै कविले खुशीयालीमा भाकल गरेर सुनापन्छी, अजापुत्रपुत्रीको हत्या गर्ने नेपाली प्रचलनको सहारा लिएका छन् ।
यहाँ कविको कवि होइन कविको राष्ट्रिय संस्कारसंस्कृति पग्लेर प्रकट भएको छ । हुन त कवि पनि कल्पनाका वायुपंखी घोडामा चढेर हावासँग कुरा गर्दै स्वर्गबाट इन्द्रलाई तानेर ल्याई उसका उर्वशी, रम्भा र तिलोत्तमा भन्दा मेरी कल्पना नै बढी आहृलादिका शक्ति भएकी छ भनेर बुर्लुक्क बुर्कुसी मार्नेगर्दछ । बिहानको अरुणोदयका सौन्दर्यलाई घुम्टो खोलेर बत्ती बाल्दै गरेकी नवबधूको उपमा जुटाउने कविलाई अर्धंगी भन्ने कि प्रेमी भन्ने कि राष्ट्रवादी कवि भन्ने ? हातले छुन नसकिने अति कठोर कठ्यां¥याएर ज्यान लिने निर्जीव तत्वको बखानमा कवि बोल्छन्-
जाज्वल्य त्यो उत्तरतर्फ कस्तो
हिरैहीराको दरबार जस्तो
श्रीपेच यो नै पहिरेर भाल
नेपाल भो भूतलमा निहाल ।
ब्रहृमाण्ड मान्छेका लागि हो । मान्छेले यसलाई अनेकौं किसिमले भोग्छ, उपयोग गर्छ । कसैले गुफाभित्र बसेर अजरामरत्व प्राप्त गर्दछन् त कोही त्यसको यात्रा, आरोहण गरेर जीवन गुजारिदिन्छन् त कोही त्यसको सौन्दर्योपासनामा गीत काव्य सिर्जना गरेर अजरामर बनेका देखिन्छन् । त्यतो ब्रहृम जो सबैको हो कसैको पनि होइन सर्वत्र छ कतै पनि छैन । अनेकौं शक्तिसामथ्र्य र अनन्त रहस्यको पुञ्ज भएर पनि कालो चट्टानमा जमेको चिसो हिउँको राशबाहेक केही छैन । बाँदरे मनमस्तिष्कले दर्फर्याएको पुष्पसौन्दर्य क्षतविक्षत भए जस्तो या गणितीय जिज्ञासाले प्याजका डल्लालाई अब के आउँछ भनेर च्यात्दै जाँदा शून्य, फुस्सा हात लागे जस्तो वस्तुवादी चेतका वानरे क्रियाका मानवको पनि मनोभाव र बुद्धि लठ्याउने यो भणितिभंगिमा नजाने कविले कहाँबाट ल्याउँछ र चिटिक्क पारेर राखिदिन्छ अनि त जस्तोसुकै पाषाण दिल पनि लट्ठ नपरी सुख ?
विज्ञान पढ्ने एकजना मेरा साथीलाई मैले सिद्धिचरणको ओखल्ढुंगा कविता पढ्न भनेर दिँदा कविता सविता के हो ? मलाई थाह छैन । साइन्स नपढेका मान्छेले केही बुझ्दैन भन्थ्यो । जब ओखल्ढुंगा कविता पढेछ अनि यस्तै अरू पनि कविताका पुस्तक पढ्न देन भन्न आएथ्यो । भणितिभंगिमा मिलाउने समग्र स्थापत्यशिल्पबाट निक्लन्छ सौन्दर्यको ज्योति भन्ने विचरा गणितीय दिमागलाई के थाहा ? भर्खरै निक्लेर बजारमा आएको ठाकुर बेलवासेको ‘चोटहरूको उत्सव’ कविता पढ्दा मलाई त्यस्तै भएको थियो । चोटैचोटमा पनि उत्सव मनाउने भाव, प्रेममा रुने, हाँस्ने र पग्लने अनि त्यसैमा समर्पित भएर पनि दिनरात त्यसकै प्राप्ति अप्राप्तिका बिम्बका टुक्रा जोहो गर्ने कवि ठाकुर अनि बाहृय सौन्दर्यलाई देखेर आफूभित्रको अनन्त सौन्दर्यछटालाई छ्याल्लब्याल्ल पारेर छर्ने वैरने र छङ्छङाएर मान्छेको चेतहरण गर्ने युगकवि सिद्धिचरण श्रेष्ठ दुवै दुई नदीका कहिल्यै भेट नहुने किनार हुन् ।
चोटैचोटमा पनि उत्सव मनाउने भाव, प्रेममा रुने, हाँस्ने र पग्लने अनि त्यसैमा समर्पित भएर पनि दिनरात त्यसकै प्राप्ति अप्राप्तिका बिम्बका टुक्रा जोहो गर्ने कवि ठाकुर अनि बाहृय सौन्दर्यलाई देखेर आफूभित्रको अनन्त सौन्दर्यछटालाई छ्याल्लब्याल्ल पारेर छर्र्ने युगकवि सिद्धिचरण श्रेष्ठ दुवै दुई नदीका कहिल्यै भेट नहुने किनार हुन् ।
त्यो पनि शारदीय नदीका तट जस्ता अनन्त सौन्दर्याधायक शक्तिसामथ्र्य भएका तर पनि दुवै एक जातीय कवि नै हुन् है । अनन्त शक्तिसामथ्र्य र सौन्दर्यको पनि अनन्त भण्डार ब्रहृम जो न हलचल गर्छ न हातगोडा भएको छ तर पनि अन्यथा, यथा गर्न र गर्दै नगर्न पनि सक्ने अपरिमित शक्तिपुञ्जका रूपमा ईश्वर मान्ने सिद्धिचरण र मानवले सिर्जना गरेको त्यो ईश्वर अब त्रासमा बाँच्न विवश छ भनेर यो ब्रहृमाण्ड मान्छेका लागि हो र त्यो ईश्वरलाई पनि मान्छेले अस्तित्वमा ल्याएको हो भनेर नित्सेको भाषा बोल्ने कवि बेलवासे ।
पहेँलो पात वैलेर पहेँलिएर झरे झैँ झर कि मरमा विश्वास गर्ने कवि बेलवासे यो विश्वविराट प्रकृति समग्रमा मान्छेका लागि हो अन्यथा मान्छे नभए यसको के काम ? के अस्तित्व ? विधवाको सिंगार जस्तै प्रकृति पनि अस्तित्वहीन हुन्थ्यो भन्ने कवि हो ठाकुर बेलवासे तर कवि श्रेष्ठ जीवनजगत् र ब्रहृमप्रति अनन्य आस्था र विश्वास भएका कवि हुन् । एउटाको दिमाग पराभौतिक छ भने अर्का ‘त्रिनेत्रं त्रिदलाकारं त्रिजन्मपापसंहारं’ मा अनन्त अडिग आस्था भएका कवि ।
नव वर्ष
कवि सिद्धिचरण श्रेष्ठको ‘नव वर्ष’ शीर्षक कविता उहिल्यै पढेको थिएँ । त्यसका केही पंक्ति यस्ता थिए-
‘मेरो देश मेरो नेपाल
प्रथम हिमगिरि माइत जहाँ अभिनय गर्छ लिइकन सुवास
जसको सुन्दर शीतल मुहार गर्दछ पवित्रताको विकास
जहाँ पाउ राख्नाले लाग्दछ निर्वाण सुखको तीव्र प्यास
मेरो देश मेरो नेपाल ।’
हो, उनलाई मातृभूमिको पौरख शक्तिसामथ्र्यमा अकाट्य विश्वास छ । यस देशको पहिलो पुँजी नै श्वेत हिमशृंखला हुन् । हरित कानन अर्को यस देशको गौरव हो । प्रकृतिका अनेकौं छटाले सुशोभित यो देश कविका लागि संसारका सारा वैभवले सुसज्जित भएको छ र त निर्वाणको प्यास लाग्छ नि । देहगेह, धन, दौलत, काञ्चनकामिनीतिरका तृष्णामा अल्झेका मनले निर्वाणका सुखको लेश पनि पउन त परै जावस कल्पना पनि गर्न सक्दैन । भोगी रोगी चिथरा च्याङ्ला बटुलेर पनि काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यका आवर्तमा उन्मज्जननिमज्जन गर्नमा नै रमाउने मनलाई न समाधिको महिमा थाहा हुन्छ न त निर्वाणसुखका न्यानाले नै आकर्षण गर्दछ । कवि कलानिधि झैँ म नै सबै अरू नास्तिमा रमाउन थाल्छ ।
उसलाई आफैं भएमात्र सुन्दर लाग्छ । हुन पनि हो ‘सम्मिलने नयनयोर्नहिकिञ्चिदस्ति’ यसरी हेर्दा कवि कलानिधिनिः श्रेयश बन्छन् भने श्रेष्ठमा ब्रहृमसत्यं जगन्मिथ्याको भाव छातीभरि अटेसमटेस भएर बसेको देखिन्छ । आफूलाई चिन । अनि संसार भोग भनेर वेदान्तले यसै भनेको होइन भन्ने कुरालाई कवि श्रेष्ठ आत्मसात गर्दछन् । भोगीको भोग, योगीको योग र भक्तको भगवान् अनि आस्तिकको वेद र नास्तिकका लागि सुरासुन्दरीले भरिएको छ यो संसार । यसै भएको हुनाले सबै सबैका लागि यस संसारमा राइलो गराउने शक्ति छ । चोर, डाका, बलात्कारी र सज्जन साधु सबै मानव नै हुन् । सबै यसै संसारमा रमाएर बसेका हुन्छन् । एकअर्कालाई घृणा गरेर बाँच्नुभन्दा एक अर्कालाई पारस्परिक मायाको न्यानो प्रदान गरेर बाँचेको जीवन नै कवि श्रेष्ठले श्रेष्ठ देखेका छन्-
हामी सबैको बल बुद्धि दाउ
जम्मा हुने एक पवित्र ठाउँ
त्यो सूर्य-चन्द्राष्ति लाल झण्डा
हाम्रो छ प्यारो अति प्राणभन्दा ।।
जय होस् । विसं १९९२ ताक नेपाली कविताका क्षेत्रमा जन्मेर अजरामर बनेर देशदेशावरमा कीर्तिपताका फहराएका युगकवि सिद्धिचरणका स्मृतिमा श्रद्धार्पण गर्दै उनको ‘नेपाल’ नामक लघुकाव्य पाठको यो लेख पनि विश्रमित गराउँछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच