गुल्मी। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपालको गुल्मी जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो पटक सरकारको नेतृत्वमा रहँदा भ्रष्टाचारी र बिचौलियाहरुको विरुद्धमा कदम चाल्नुभएको बताउनुभयो। वर्तमान सरकारले भ्रष्टाचारीलाई प्रोत्साहित गरेको भन्दै उहाँले गभर्नर नियुक्तीको प्रशंगले नै सरकार भाग बिलो र कमिशनको खेलमा छ भन्ने कुरा स्पष्ट भएको बताउनुभयो।
उहाँले वाइसीएल नेपाल जनताको हरेक प्रकारको विपदको घटनामा जुट्न निर्देशन दिनुभयो। माओवादी अहिले जनमत सिर्जनामा केन्द्रीत रहेको भन्दै आफुहरु संकल्प र प्रतिबद्धतासहित सामाजिक आर्थिक रूपान्तरणका लागि लागेको बताउनुभयो।








भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई