
कालीकाेट । नेकपा (एमाले) कर्णाली प्रदेशले रास्काेट नगरपालिकाको इन्चार्जमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर बमलाई जिम्मेवारी दिइएको छ ।
यसअघि कालीकाेटका अन्य पालिकामा जिम्मेवारी ताेकिएपनि रास्काेटमा भने बाँकी नै थियो । इन्चार्ज खाली रहेको रास्काेटमा नेता लक्ष्मण बमलाई ताेकिएकाे हाे ।
एमाले कर्णाली प्रदेशले बाँकी रहेका गाउँपालिका तथा नगरपालिका अन्तर्गत विभिन्न स्थानका इन्चार्ज तोक्दै "मिशन ०८४" अभियानलाई सशक्त बनाउने निर्णय समेत गरेको छ । यस अन्तर्गत रास्कोट नगरपालिकाको इन्चार्जका रूपमा लक्ष्मण बमलाई जिम्मेवारी दिइएको एमाले कर्णाली प्रदेशले जनाछ ।
लक्ष्मण बमको संगठनात्मक अनुभव र जनसरोकारका विषयमा सक्रियताले उहाँलाई यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको बताइएको छ । पार्टीले आगामी निर्वाचनलाई ध्यानमा राख्दै जनतामाझ पहुँच विस्तार र सशक्त संगठन निर्माणको रणनीति अघि सारेको छ । यसैअनुसार बमले रास्कोट क्षेत्रमा पार्टीको नेतृत्व गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउने बताउनुभयाे ।
कहाँकहाँ ताेकिए इन्चार्ज
१. देव नेपाली – सह- इञ्चार्ज, भेरी न.पा. जाजरकोट
२. नरबहादुर खत्री – इञ्चार्ज, कुशे गापा. जाजरकोट
३. टीका वली – सह- इञ्चार्ज, कुशे गा.पा. जाजरकोट
४. लक्ष्मण बम – इञ्चार्ज, रास्कोट न.पा. कालीकाेट
५. अमरबहादुर शाही – इञ्चार्ज, खत्याड गा.पा. मुगु
६. राज्यलक्ष्मी मल्ल – इञ्चार्ज, साेरु गा.पा. मुगु
७. कर्णबहादुर मल्ल – प्रदेश सचा निर्वाचन क्षेत्र नम्बर (ख) समन्वय समिति मुगु, यो भन्दा पहिला राजु नेपालीलाई ताेकिएकाेमा उहाँलाई अहिले पर्यटन विभाग प्रमुखको जिम्मेवारी ताेकिएकाे छ ।
ईन्चार्ज ताेकिएकाे टिमले निर्वाचन लक्षित अभियानलाई सशक्त बनाउँदै, एमालेको विचार, नीति, कार्यक्रम जनतामाझ पुर्याउने तथा संगठन सुदृढ गर्ने कार्यमा केन्द्रीय लक्ष्यअनुसार काम गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच