
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आवद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताउनु भयो । उहाँले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको विषय संसदभित्र संसद बाहिर, मिडिया सबैतिर चर्चा हुन थालेको पनि लामो समय भयो । यो बीचमा हामी सबैले छलफल गरिरहेका छौं । देशलाई ग्रे लिष्टबाट मुक्त गर्नुपर्नेछ । देशको अर्थतन्त्र सवलीकरण गर्नुपर्ने छ । तरपनि गभर्नरको नियुक्ति नभएर समितिकै सदस्यले राजीनामा दिएको भन्ने विषय बाहिर आइरहेको छ । यस्तो अवस्थामा यो दुई तिहाइको यति बलियो सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न चाहन्छु । गभर्नर नियुक्तिको विषयमा बाहिर चर्चा भइरहेको छ । सरकारमा आबद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गभर्नर नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ त्यसले राष्ट्रकै बेइजती भइरहेको छ । त्यसकारण राष्ट्रको बेइजत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु ।’
उहाँले दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आपूm इच्छुक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच