
समाचार सारांश
- नुवाकोटकी विमला तामाङको हत्या गरी फरार भएका धादिङका रामचन्द्र पन्तलाई प्रहरीले पक्राउ गरेको छ।
- उनी भारतबाट काठमाडौं फर्कने क्रममा नागढुङ्गाबाट पक्राउ परेका हुन्।
- गत चैत २९ गते काठमाडौंको एक गेष्ट हाउसमा तामाङ मृत फेला परेकी थिइन् र पक्राउ परेका पन्तलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन् ।
गत चैत २९ गते काठमाडौँ महानगरपालिका–२८ स्थित एक गेष्ट हाउसमा मृत फेला परेकी तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मङ्गलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच