
काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो ।
निर्वाचन प्रणाली नभइ आफ्नो सोचनमा परिवर्तन गर्न आग्रह गर्नुभयो । उहाँले बाँडफाँडको आधारमा नभइ शक्तिको आधारमा सरकारका निकायहरुमा व्यक्तिहरुको भर्ना हुने गरेको बताउनु भयो । उहाँले संसदीय व्यवस्था स्वीकार गर्नुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले जुन संसदीय व्यवस्था स्वीकारेर हामी आएका छौँ । म स्पष्ट गर्न चाहन्छु । संसारमा हिटलर कहाँबाट आयो । हिटलर पनि निर्वाचित भएर आएको होइन र ? हामीले भोलि राष्ट्रपतिको निर्वाचनको कुरा हामी गर्छौं, राष्ट्रपतिको निर्वाचन भयो भने त्यो हिटलर बन्न सक्दैन । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोचेका छौँ भने त्यो सम्भव छैन । हाम्रो नियतमा परिवर्तन हुनुपर्छ ।’
सांसद ढुंगानाले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै काम बेठिक भन्ने सोच राख्न नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच