नयाँदिल्ली । जोस बटलर, ज्याकोब बेथेल र विल ज्याक्सले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ गुमाउनुहुने भएको छ । भारत र पाकिस्तानको सीमामा तनाव बढेपछि इंग्ल्याण्डका यी खेलाडीले भारत छाड्नुभएको थियो । आइपिएलको नयाँ तालिका सार्वजनिक भए पनि उहाँहरू अन्तर्राष्ट्रिय खेलमा आबद्ध हुने भएका कारण आइपिएलको प्लेअफ गुमाउने पक्का भएको हो ।
रोयल च्यालेन्जर बैंगलुरुका बेथेलले अबका दुई खेल खेल्नुहुनेछ । बटलर र ज्याक्स पनि आइपिएल खेल्न भारत फर्केपछि प्लेअफ गुमाएर इंग्ल्याण्ड नै पुग्नुहुनेछ । आइपिएलको मेगा अक्सनअगाडि नै इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसिबी)ले त्यहाँका खेलाडी पूर्ण रूपले उपलब्ध हुने जनाएको थियो । त्यो प्रतिबद्धता इसिबीले जनाएको भए पनि अहिले तालिकामा नै परिवर्तन आएका कारण त्यो सम्भव नभएको हो ।
इंग्ल्याण्डले २९ मेबाट सुरु हुने वेस्ट इण्डिजसँगको शृंखलाका लागि मंगलबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ । आइपिएलको नयाँ तालिकाअनुसार २७ मेसम्म पहिलो चरणका खेल हुनेछन् । २९ मेबाट प्लेअफ सुरु हुनेछ । २ जुनमा आइपिएलको फाइनल हुनेछ ।
राजस्थान रोयल्सका जोफ्रा आर्चर र चेन्नईका जेमी ओभरटन पनि मंगलबार घोषित टोलीमा भए पनि उहाँहरूको टोली पहिलो चरणबाट बाहिरिसकेको छ । एकदिवसीय टोलीमा नरहनुभएका लियाम लिभिङस्टोन र फिल साल्ट भने आइपिएलका बाँकी खेलमा उपलब्ध हुनुहुनेछ । बैंगलुरुका रोमारियो सेफर्ड र गुजरात टाइटनका सेरफाने रुदरफोर्ड वेस्ट इण्डिजको टोलीमा आबद्ध हुने सम्भावना छ । यसले ती टोलीलाई थप प्रभाव पार्नेछ । एजेन्सी ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच