
ललितपुर । ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा टारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा ब्वाइज युनियनले श्रीकुमारी क्लबलाई पाँच-तीनले पराजित गरेको हो । यो नतिजासँगै तेस्रो स्थानमा उक्लिएको ब्वाइज युनियनले ११ खेलबाट १८ अंक पुर्याएको छ । समान खेलबाट कुमारीको १३ अंक छ । कुमारीलाई अझै रेलिगेसनको खतरा यथावत् छ ।
ब्वाइज युनियनको जितमा दिव्यविक्रम चौधरीले दुई गोल गर्नुभएको थियो । सुजित बुढाथोकी, विनोद राई र सुशान्त लामाले समान एक गोल थप्नुभयो । कुमारीका पाल्देन तामाङ, अरुण शाह र यमन महर्जनले गोल गरे पनि हारबाट जोगाउन सक्नुभएन ।
जितसँगै ब्वाइज युनियनले तालिकामा १९ अंक बनाएको छ । तेस्रो स्थानमा उक्लिएको ब्वाइज युनियनले पाँचौं जित निकाल्दै ११ खेलमा पाँच जित, चार बराबरी र दुई हारसहित १९ अंक जोडेको हो । तेस्रो स्थानमा रहेको ब्वाइज युनियन दोस्रो शीर्ष टोली भगवतीसँग तीन अंकले पछि छ ।
पराजित कुमारी भने लिगको १०औँ स्थानमा झरेको छ । कुमारीले छैटौं हार बेहोर्दै ११ खेलमा चार जित, एक बराबरी र ६ हारबाट १३ अंक बनाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच