
काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार राती गोल्डन जुब्ली स्टेडियम, युपियामा भएको खेलमा नेपाल भारतसँग चार-शून्यले पराजित भएको हो । यू-१९ प्रतियोगितामा भारतको यो नेपालविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । भारतसँग पराजित भएसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल खेल्नेछ ।
खेलको २७औँ मिनेटमा रोहिन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाउनुभएको थियो । त्यसको एक मिनेटपश्चात् ओमङ डोडुमले गोल गर्नुभयो । खेलको ७६औँ मिनेटमा रोहिनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्नुभयो । खेलको ८४औँ मिनेटमा डानी मिथेइले पुनः एक गोल थप्दै भारतलाई चार-शून्यको जित दिलाउनुभएको हो । नेपाललाई हराउँदै भारत समूह ‘बी’को विजेता बनेको छ ।
यसअघि नै दुवै टोलीले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । भारतले यसअघि श्रीलंकालाई आठ-शून्यले हराएको थियो । आयोजक ६ अंकसहित समूह विजेता बन्न सफल रहृयो । नेपालले यसअघि श्रीलंकालाई पाँच-शून्यले हराएको थियो । तीन अंकसहित नेपाल समूहको दोस्रो भएको हो ।
सेमिफाइनल खेलमा नेपालले समूह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । भारतले भने समूह ‘ए’ को उपविजेताका रूपमा माल्दिभसँग सेमिफाइनल खेल्नेछ । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू-१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लोपटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच