
खोटाङ । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा भइरहेको दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार भएको फाइनल खेलमा ४० जनालाई पछि पार्दै पूर्वनेपाल च्याम्पियन बद्रीलालले उपाधि जित्नुभएको हो ।
१९४२ रेटिङ पर्फम गर्दै च्याम्पियन बन्नुभएका नेपालीले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सुनसरीका हिमाल राई दोस्रो, खोटाङका धिरेन राई तेस्रो, रौतहटका रूपेश जैसवाल चौथो र सुनसरीका मुहान नर्सिङ श्रेष्ठ पाँचौं हुनुभएको छ । दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले आठ हजार र पाँचौंले सात हजार पुरस्कार पाउनुभएको छ ।
झापाका सुमन श्रेष्ठ छैटौं, भोजपुरका प्रदीप राई सातौं, काठमाडौंका नवीन तण्डुकार आठौं, झापाका राजन सुवेदी नवौं र मोरङका उमेश राई दशौं हुनुभएको छ । छैटौंदेखि दशौंसम्म हुनेहरूले जनही चार हजारका दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
खोटाङ प्रथम हुनुभएका दयन्द्र राईले पाँच हजार, खोटाङ द्वितीय हुनुभएका कृष्ण गुरुङले चार हजार, खोटाङ तृतीय हुनुभएका खिलराज राईले तीन हजार तथा नगरपालिका बेस्ट हुनुभएका पदमकुमार राईले दुई हजार पाँच सय तथा बेस्ट भेट्रान्स हुनुभएका सुनसरीका चूडामणि कुलुङ राई र बेस्ट अनरेटेड हुनुभएका दाङका बेदी सरु मगरले जनही तीन हजार तथा खोटाङ अण्डर सिक्सटिन प्रथम हुनुभएका सुयव सैजुले दुई हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनुभएको छ ।
मंगलबार र बुधबार जिल्ला समन्वय समितिको सभाहलमा बुद्धिचाल प्रतियोगिता भएको थियो । महोत्सवअन्तर्गत नै गत वैशाख २७ गते हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता भएको थियो । हाफ म्याराथनका सबै उपाधि आर्मीले जितेको थियो । महोत्सवअन्तर्गत अब जेठ ४ गते साहित्य महोत्सव हुने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच