
काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखा गठन भएको छ । जापानमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत सक्रिय पत्रकारहरू समावेश गरी शाखा गठन भएको महासंघका महासचिव टंक दाहालले जानकारी दिनु भएको छ ।
महासचिव दाहालका अनुसार जापानका एभेन्युज प्रतिनिधि उत्तमप्रसाद गौडेलको अध्यक्षतामा जापान डट्कमका गोकर्ण अधिकारी उपाध्यक्ष, राज्य टिभिका प्रतिनिधि मुक्ति सुवेदी महासचिव, नागरिक अनलाइनका नारायण रिमाल सचिव, एक्सक्ल्युसिभ न्यूज टाइमका संगीता कुँवर कोषाध्यक्ष रहनु भएको छ भने लक्ष्मण पाठक र जगतबहदुर खड्का सदस्य रहनु भएको छ । नेपालपछि यो शाखा दोस्रो हो भने अरू देशमा समेत शाखा विस्तार अभियान चलिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच