
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं-१० श्रीनारायण टोल विकास समितिले टोलको विकासका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेको छ । करिब एक सय घर सदस्य रहेको यो टोलमा खानेपानीको पाइप, ढल व्यवस्थापन, फोहर व्यवस्थापन, सिसीटिभीको व्यवस्था, मोटरबाटोको स्तरोन्नति, बिजुलीका तारलाई व्यवस्थित गर्ने, व्यायामशाला राख्ने विषयहरू मुख्य रहेका छन् ।
प्रा.सुमन्त घिमिरेको अध्यक्षतामा सम्पन्न समितिको प्रारम्भिक छलफलमा सल्लाहकार समितिका अध्यक्ष प्रा.पुरुषोत्तम दाहाल, अधिवक्ता डा.चिरञ्जीवी भट्टराई, सचिव नारायण भण्डारी, कोषाध्यक्ष सञ्जु थापा भण्डारी, सदस्य राम थपलिया, दामोदर कोइरालाले विभिन्न प्रस्तावहरूमा विमर्श गर्नुभएको थियो ।
टोलमा एक सार्वजनिक पुस्तकालयको स्थापना, ज्येष्ठ नागरिकका लागि आपसमा संवाद र विश्रामयोग्य पार्क तथा बालबालिकाहरूका लागि खेल्ने पार्क निर्माण गर्नुपर्ने विषयहरूमाथि समेत छलफल भएको थियो । सचिव नारायण भण्डारीका अनुसार यसबारे वडाध्यक्ष नवराज भट्टराईसहित नगरपालिका प्रमुख मीठाराम अधिकारीसँग पनि सरसल्लाह गरिनेछ र चाँडै नगरपालिकामा प्रस्ताव प्रस्तुत गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच