
काठमाडौं । गर्मी सुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधिसभाका सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौं महानगरपालिका-२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार आगलागी भई ८० वर्षीया वृद्धाको निधन भएको घटनामा ग्याँस लिक भएर आगलागी भएकाले ग्याँस सिलिण्डरको अनुगमन गर्न माग गर्नुभयो । केही वर्षअघि कमलपोखरीमा पनि यस्तै घटना भई एक कामदारको निधन भएको घटनाको स्मरण गराउँदै उहाँले बजारबाट वितरण भइरहेको ग्याँसको अनुगमन नभएको बताउनुभयो ।
काठमाडौंका भित्री शहरका ठाउँठाउँमा अग्नि नियन्त्रक राख्न पनि सांसद राजभण्डारीले माग गर्नुभयो । ग्याँस सिलिण्डर र पेट्रोल पम्पका कारण आगलागीको जोखिम बढेकाले यसबाट सुरक्षित हुने अवस्था निर्माणका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ठाकुर गैरेले आर्थिक अनुशासन कायम हुन नसकी बेरुजु वृद्धि भएर अर्थतन्त्रमा असर पर्न सक्ने भएकाले आर्थिक अनुशासन कायम गर्न माग गर्नुभयो । अहिले रु सात खर्ब ३३ अर्बभन्दा बढी बेरुजु वृद्धि भएको महालेखाको प्रतिवेदनमार्फत् सार्वजनिक भएको उहाँले उल्लेख गर्नुभयो । अर्थ मन्त्रालयमै धेरै बेरुजु रहेको तथ्य बाहिर आएकामा सांसद गैरेले यस्तो अर्थतन्त्रले पर्न सक्ने प्रभावको विश्लेषण गरेर काम गर्न ध्यानाकर्षण गराउनुभयो ।
सांसद देवेन्द्र पौडेलले धादिङबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटनामा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले बुधबार मक्खनको आगलागीमा परी ८० वर्षीया वृद्धाको मृत्यु भएको घटना र आज बिहान सतुङ्गलमा भएको आगलागीले ठूलो धनको क्षति भएको बताउनुभयो । आगलागी तत्काल निभाउन सबै स्थानीय तहमा दमकल छ कि छैन ? भनी प्रश्न गर्दै उहाँले भित्री शहरमा आगलागी नियन्त्रणका व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद डा अमरेशकुमार सिंहले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेकामा आपत्ति जनाउँदै सरकारले कानुन उल्लङ्घन गरिरहेको बताउनुभयो । दलीयभन्दा गभर्नरमा स्वतन्त्र व्यक्ति नियुक्त गर्न उहाँले माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच