
काठमाडाैं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गर्नुभएको छ ।
हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न आग्रह गर्नुभएको हो । उहाँले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गर्नुभयो । उहाँले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बतउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने । गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ । १५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसोभए संशोधन गरियोस् । सरकारलाई त भन्छु नै सभामुख महोदयलाई पनि आग्रह गर्दछुःकिनभने यो संसदको विषयमा पनि पर्छ । अरु विषयमा संशोधन नभए पनि संविधानमा संशोधन गर्ने दुई दलको समझदारी पनि भएको छ ।’
सांसद निधीले संसदको विषय भएकाले पनि संसदम विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच