
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरु दलीय चक्रव्युहमा फसाएर राजनीतिक दलहरुले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको आरोप लगाउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले राज्य संरचनाहरु चक्रव्युहमा फसाएर नीहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भएपनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताउनुभएको हो । उहाँले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भुल भइरहेको बताउनु भयो ।
आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने बताउनु भयो । विगतमा पनि दलीयकरणको वाछिटा राष्ट्र बैंकमा परिसकेको बताउँदै सांसद ढकालले राजनीतिक बाछिटाबाट उत्पन्न परिस्थिति सबैले देखेको स्मरण गराउनु भयो । उहाँले दलहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरुले गरिरहेको अभ्यास निन्दनीय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दलीयकरणको चक्रव्युहमा हाम्रा राज्यसंयन्त्रहरु कसरी फसेका छन् हामी सबै जानकार छौं । यो चक्रव्युहमा संरचनाहरु फसाएर राजनीतिक दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा र आफ्ना र आफन्तीका लागि प्रयोग गरिँदा त फाइदै भएको होला तर आम नागरिक, विश्व जगत र सबै चकित हुनेगरि हाम्रो राज्यका संरचचनाहरु दलीय चक्रव्युहमा फसेका छन् । यसै सन्दर्भमा राष्ट्र बैंकजस्तो संस्थामा गभर्नर नियुक्तिका विषयमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भुल गरिँदै छ यसले भोलिका दिनमा अलिकति बचेको राष्ट्र बैंकको गरिमा पनि क्षयीकरण हुने निश्चित छ र क्षयीकरण पक्का हुन्छ । विगतमा दलीयकरणको बाछिटा राष्ट्र बैंकमा परेको थियो । त्यो राजनीतिक बाछिटाले विगतमा अर्थमन्त्रालयसँग राष्ट्र बैंकको द्वन्द सतहमै आएको थियो । बजेट नीति र मौद्रिक नीति कार्यान्वयनमा दलीय बाछिटाले कस्तो असर पा¥यो सबै जानकार छौं । यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्यो, निजी क्षेत्रलाई कसरी हतोत्साहित गर्यो ? यी चिज जान्दा जान्दै फेरि दलीयकरणको अभ्यासमा दलबाट नै खुलम खुला रुपमा हाम्रा दलका तर्फबाट भनेर जुन किसिमको अभ्यास गरिँदै छ, त्यो निन्दनीय छ । यसप्रकारका दलीयकरणका शैलीले संरचनामा भएका कब्जाका कारणले गर्दा विगतमा धितोपत्र बोर्डमा १० महिना सिइओ नियुक्त नहुँदा कस्तो प्रभाव रह्या सिंगो सदनले बहस गर्नुपर्ने होइन ?’
उहाँले विगतमा राष्ट्र बैंकमा दलीयकरणको प्रभावले पारेको असरबारे सिंगो सदनमा बहस गर्न माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच