
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बित हुने भएको छ ।
२०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामक्स घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत कामठाडाैंमा मुद्दा दायर गरेको छ । मुद्दा दायरसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ । बस्नेत निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले सदनलाई जानकारी गराउनु हुनेछ।
भ्रष्टाचार निवारण ऐन २०५९ मा, .....थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’ भनिएको छ ।
अख्तियारले तत्कालीन सूचना तथा सञ्चारमन्त्री बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उहाँहरुसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वतः निलम्बन हुने छ । बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच