भोजपुर । ‘खानाका लागि विषरहित खेतीपाती गरौं, तुलनात्मक लाभ भएका कृषिउपज प्रवर्धन गरी किसानको आम्दानी र रोजगारी बढाऔं’ नाराका साथ सुरु गरिएको जैविक कृषि जागरण अभियान २०८२ का अभियानकर्ता पहाडी जिल्ला भोजपुर आइपुगेका छन् ।
खाद्यका लागि कृषि अभियान अन्तर्गत जैबिक जागरण अभियान सुरु भएको हो । अभियानका संयोजक उद्धव अधिकारीसहितको टोलीले भोजपुर नगरपालिकासहित जिल्ला तहका पालिका प्रमुखहरुसँग भेटघाट तथा छलफल गर्दै बढ्दो रासायनिक मल र विषादीको प्रयोगले जनस्वास्थ्यमा पारेको प्रभाव र समग्र किसानहरुको समस्याका बारेमा जानकारी गराएको थियो । संयोजक अधिकारीले भन्नुभयो, “निरन्तरको रासायनिक मल र बिषादी युक्त सामाग्रीको प्रयोगले रैथाने बालीको बिनास हुँदै गएको साथै यसले माटो मात्र नभएर नागरिकको स्वास्थ्यमा समेत संकट पैदा गरेको हुनाले यसबारे सरोकार निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन आफूहरुले गत बैशाख ९ गतेबाट अभियान नै सुरु गरेका हौँ ।”
जागरण अभियानले स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चितता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समुदाय विशेष गरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको न्यायसंगत हक स्थापित गर्ने र सरोकारवालाहरूलाई जवाफदेही बनाउन पनि मद्धत मिल्ने अभियानकर्ताहरुको भनाई रहेको छ ।
भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले अभियान सकारात्मक भएको बताउँदै रैथाने बालीको बिकास र बिषाधीयुत्त उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो । त्यस्ता कृषकलाई पुस्कृत गर्न सकिएमा रासायनिक मल र बिषादीको प्रयोगमा पनि कमी आउने नगर प्रमुख आलेको भनाई छ । जैविक कृषि जागरण अभियानको एक महिने अभियान अन्तर्गत कृषकहरुसँग छलफल, स्थानीय समुदाय, पालिका, बिद्यालयहरु, कृषि समुह लगायत सरोकारवाला पक्षसँग अन्तरक्रिया, छलफल तथा भेटघाट गर्ने संयोजक अधिकारीले जानकारी दिनुभयो ।
जागरण अभियानकर्ताले उठाएका सवालहरु उचित भएको बताउँदै भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले चेतना अभिबृद्धिका कार्यक्रम संचालन गर्दे बिषाधी युक्त सामाग्रीको प्रयोगमा कमी ल्याउन प्रोत्साहन मुलक कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।
भोजपुर नगर क्षेत्रको केही ठाउँहरुमा अहिले पनि रासायनिक मलको प्रयोग नगरी उत्पादन मुलक खेती कृषकहरुले गर्दे आएको उपप्रमुख शेर्पाले बताउनुभयो । आफुहरु बजेट निर्माणको चरणमा रहेकाले अभियानकर्ताहरुसँगको भेटघाटले कृषि क्षेत्रको उन्नतिका लागि कृषि मैत्री नीति ल्याउन पनि सहजता हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच