
काठमाडौँ । विभिन्न फौजदारी अभियोगमा मुद्दा दायर भएपछि प्रतिनिधिसभाका तीन जना सांसद निलम्बनमा परेका छन् ।
आज मात्र नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बित भएसँगै तत्काललाई प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा पर्नुभएकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सांसद बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।
योसँगै पूर्वमन्त्री बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा विगत २ वर्षदेखि एमालेको सचिवसमेत रहनुभएका टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको थियो । रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद हुनु हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका रवि लामिछानेको पनि सांसद पद निलम्बनमा परेको छ । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दा दर्ता भएपछि उहाँको सांसद पद निलम्बनमा परेको हो ।
लामिछाने चैत्र २५ देखि रुपन्देही कारागारमा जेल जीवन बिताइरहनु भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिएपछि उहाँ कारागार चलान हुनु भएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा 'प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिनेछ,' भन्ने व्यवस्था रहेको छ ।
भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । भ्रष्टाचार निवारण ऐन २०५९ मा, ....'थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’ भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच