
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोईनसहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका ५ बस्ने वर्ष २० को करण राय र सोही स्थान बस्ने वर्ष २९ को उपेन्द्र रायभर रहेका छन् ।
वीरगंजबाट हेटौडातर्फ आउँदै गरेको म १ प २१८ नं। को पर्यटक बसमा सवार भई आएका राय र रायभरलाई शंका लागि खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेको समयमा रातोमाटे चेक प्वाईन्टस्थित पूर्व पश्चिम लोक मार्ग सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा
करण रायले बोकेको झोला भित्र मोवाईल चार्जर भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा १८ ग्राम १५० मिलिग्राम लागुऔषध खैरो हेरोईन फेला परेको हो।
उक्त लागूऔषध बरामद गरी करण राय र उपेन्द्र रायभरलाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्धामा जिल्ला अदालत मकवानपुरबाट दिन ५ म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच