
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।
सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उहाँको निधन भएको पर्यटन विभागले जनाएको छ । उहाँ स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा जानुभएको थियो ।
फिलिप चौथो शिविरमा करिब रातको ७/८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मृतकको शव आवश्यक प्रक्रिया पुर्याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच