
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिनुभएको पर्यटन विभागले जनाएको छ ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गर्नुभएको छ ।
केही दिन अघि महामन्त्री शर्माले आफू सगरमाथा बेसक्याम्पमा रहेको जानकारी दिनुभएको थियो ।
'यसपालिको मिसन पूरा भएको छ । काठमाडौबाट लुक्ला पुगेपछि त्यहाँबाट फाक्दिन, नाम्चे, तेङ्बोचे, दिङ्बोचे, लोबुचे फेदि र गोरक्षेप हुँदै बेसक्याम्पसम्मको पदयात्रा अनेक दृस्टीले महत्त्वपूर्ण अनुभवको बनेको छ ।' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको थियो । 'यात्रा क्रममा यहाँहरुबाट प्राप्त आत्मीय शुभेच्छाका लागि धेरै धन्यवाद / आभार । अब केहिदिन फाइनल यात्राको प्रशिक्षण लिएर, फेरि मैदानमा फर्किने छु नियमित जिम्मेवारीमा !' उहाँले बताउनु भएकाे थियाे ।
वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ५० भन्दा बढीले सगरमाथा आरोहण गरेको आरोहण एक्सपिडिसन कम्पनीले जनाएका छन् । आज राति पनि धेरै आरोही चुचुरो पुग्ने योजनामा छन् ।
विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन् । सगरमाथासहित २७ हिमालका लागि १२४ समूहका कूल एक हजार एकसय ४० ले अनुमति पाएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच