हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश खेलकुद अवार्ड हुने भएको छ ।
प्रदेशमा पहिलोपटक हुन लागेको अवार्ड जेठ ४ गते आइतबार हेटौंडा–४ स्थित हुप्रचौरमा हुने भएको युवा तथा खेलकुद मन्त्रालय निमित सचिव सूर्यबहादुर दाहालले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) को प्रमुख आतिथ्यतामा अवार्ड हुन लागेको हो। प्रदेश सरकारको ३० लाख सहयोगमा हुन लागेको अवार्डमा १२ जनालाई सम्मान गरिने छ ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्धेश्यसाथ बागमती प्रदेश स्पोर्टस् अवार्ड एण्ड युथ समिट आयोजना गरिने भएको छ । युथ समिट भने केही सातापछि आयोजना गरिने सम्मेलनमार्फत् जानकारी दिइएको छ।
कार्यक्रमका लागि मन्त्रालयबाट व्यवस्थापकीय सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उपसमिति गठन भएको छ ।
समितिले अवार्डका लागि खेल व्यक्तित्वको नाम सिफारिस गर्नेछ । खेलाडी वा प्रशिक्षकका रुपमा विगतमा पुर्याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्धेश्यलाई अवार्ड दिने व्यक्तित्व छनौटको क्रमलाई ध्यानमा राखिनेछ । सक्रियता, योगदान र सफलताका आधारमा अवार्डको विधा पनि निर्धारण गरिएको छ । खेलकुदको प्रचारप्रसारमा योगदान गरेको एक खेलपत्रकारलाई पनि अवार्डमा समेटिनेछ ।
खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने कार्य प्रदेशले थालेको मन्त्री महर्जनले बताउनुभयो । प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताउनुभयो ।
खेलाडीको विदेश पलायन रोक्नका लागि प्रयास प्रदेश सरकारले यस्तो कार्य थालेको मन्त्री महर्जनको भनाइ छ । बागमती प्रदेश स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडी महिलारपुरुष, युवा, प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकारसमेत ८ विधामा १२ जना छनौट गरी अवार्ड प्रदान गरिने जानकारी दिइएको छ ।
उत्कृष्ट महिला/पुरुष, लाइफटाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच