
एजेन्सी । बोलोग्ना कोपा इटालियाको च्याम्पियन बनेको छ । एसी मिलानविरुद्ध १-० को जित निकाल्दै बोलोग्नाले ५१ वर्षपछि उपाधि उचालेको हो । टोलीले पछिल्लोपटक सन् १९७४ मा यो उपाधि जितेको थियो ।
यो अवधिमा बोलोग्नाले दोस्रो डिभिजनको दुई उपाधिबाहेक अन्य कुनै ठूलो सफलता हासिल गर्न सकेको थिएन । बुधबार राती रोमास्थित ओलम्पिको रंगशालामा ड्यान एनडोएले ५३औँ मिनेटमा गरेको एकमात्र गोल बोलोग्नालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
प्रशिक्षक भिन्चेन्जो इटालियानोका लागि पनि यो उपाधि विशेष रहृयो । उहाँले यसअघि फियोरेन्टिनाको प्रशिक्षण सम्हाल्दा लगातार दुई युरोपा कन्फ्रेन्स लिग र सन् २०२३ को इटालियन कप फाइनल गुमाउनुभएको थियो ।
इटालियानो बोलोग्ना आएको पहिलो सिजनमै उपाधि जित्न सफल हुनुभएको हो । उहाँले थिएगो मोट्टाको स्थान लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच