
खोटाङ । खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा साइरा शाक्य, जयस्नु महर्जन र सुजन गदाल च्याम्पियन बन्नुभएको छ । जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकी साइरा प्रथम हुनुभएको छ । उहाँले दश हजार, दोस्रो हुने सोही क्लबकी अर्सना महर्जनले पाँच हजार, तृतीय हुने खोटाङकी टोनिसा पोखरेल र ज्ञानु राईले दुई हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
जुनियर पुरुषतर्फ प्रथम हुनुभएका एभिएम टेबलटेनिस क्लब ललितपुरका जयस्नुले १५ हजार, दोस्रो हुने सोही क्लबका प्रजिल भट्टराईले सात हजार पाँच सय र तृतीय हुने रूपन्देहीका बुद्धिमान गुरुङ र समिर खत्रीले तीन हजार ७५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन प्रथम हुनुभयो । उहाँले २५ हजार पुरस्कार पाउनुभयो । दोस्रो हुने रूपन्देहीका बुद्धिमान गुरुङले १२ हजार पाँच सय र तृतीय हुने सुनसरीका सिद्धार्थ तामाङ र एभिएम टेबलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही छ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा भएको दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवअन्तर्गत मंगलबार र बुधबार माटिकोरेस्थित बहुउद्देश्यीय कबर्डहलमा टेबलटेनिस प्रतियोगिता भएको हो ।
लिग कम नकआउटका आधारमा भएको प्रतिस्पर्धामा १९ वर्षमुनिको जुनियर महिलामा चार जना, १९ वर्षमुनिको जुनियर पुरुषमा २४ जना र सिनियर पुरुषमा २६ जना गरी ५४ जनाले सहभागिता जनाएका थिए ।
महोत्सवअन्तर्गत अब जेठ ४ गते माटिकोरेस्थित बहुउद्देश्यीय कबर्डहलमै साहित्य महोत्सव हुने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच