
काठमाडौं । कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपालले बहराइनलाई हराएको हो । नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ । डकवर्थ लुइस स्ट्रेन(डिएलएस)मार्फत् नेपालले बहराइनलाई पराजित गरेको हो । वर्षाका कारण सात ओभरमा खेल घटाइँदा नेपालले बहराइनमाथि जित दर्ता गरेको हो ।
सात ओभरमा ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २४ रनमा अविजित रहनुभयो । उहाँले सात बलमा चार चौका र एक छक्का प्रहार गर्नुभएको थियो । पूजा महतोले १३ रन जोड्नुभयो । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट झार्नुभएको थियो ।
त्यसअघि ब्याटिङ गरेको बहराइनले १२.४ ओभर ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा ७६ रन बनाएको थियो । बहराइनका लागि ओपनर रसिका रोड्रिगोले सर्वाधिक २४ रन बनाउनुभयो भने कप्तान दीपिका रासागिंकाले २३ रन जोड्नुभयो ।
ओपनर थरङ्गा गजनायकेले १२ रन बनाउनुभयो । नेपालले तीन विकेट नै रनआउट गराउँदै लिएको थियो । हाल नेपालले समूह चरणको चार खेल सक्दा दुई जित, एक हार र एक खेलमा अंक बाँड्दा पाँच अंक बटुल्दै समूहको शीर्ष स्थानमा छ ।
अब समूह ‘सी’ को अन्तिम खेल हङकङ र बहराइनबीच हुनेछ । यो खेलको नतिजामा नै सुपर थ्रीको टुंगो लाग्नेछ । यदि बहराइनले हङकङलाई हराएको खण्डमा मात्र नेपाल सुपर थ्रीमा पुग्नेछ । वर्षाका कारण खेल रद्द भएमा वा हङकङले जितेमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच