
काठमाडौं । वरिष्ठ साहित्यकार डा.रामप्रसाद दाहालको ‘जोडिएका कुरा’ समालोचना-सिर्जना कृतिको लोकार्पण गरिएको छ । सेवा सदन विद्यालय बतीसपुतलीले आयोजना गरेको सो कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा दाहाल सेवा सदन विशिष्ट सिर्जना सम्मान-२०८२ बाट पनि सम्मानित हुनुभएको छ । उहाँलाई नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बैरागी काइँलाले शिक्षा, साहित्य र अर्थ साहित्यको कृति प्रकाशन गरेर र गीतहरू लेखेर दाहालले जुन योगदान नेपाली समाज र साहित्य फाँटमा दिएका छन् त्यो सन्देशपरक र विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जोडिएका कुरा’ कृतिमा पनि नयाँपन देखिन्छ । पाठकको लागि कृति उपयोगी हुने विश्वास मैले लिएको छु । यस अर्थमा सम्मान गर्ने सेवासदन र सम्मानित हुने दाहालजी बधाईको पात्र हुनुहुन्छ । कार्यक्रममा सोलुखुम्बुका दीपेन्द्र बस्नेतलाई पनि ‘साहित्य सेवी सम्मान’ प्रदान गरिएको थियो ।
यसैगरी कार्यक्रममा वरिष्ठ साहित्यकार रोचक घिमिरे, शैलेन्द्र साकार, चट्याङ मास्टर, राजेन्द्र केसी, ठाकुर शर्मा भण्डारी, प्रा.माधव घिमिरे, सन्ध्या पहाडीलगायतले दाहालको बहुआयामिक पाटोलाई चर्चा गरेका थिए । नेपाली साहित्य समालोचनाको फाँटमा ‘जोडिएका कुरा’ कृतिले छुट्टै पहिचान दिने कुरामा वक्ताहरूले जोड दिएका थिए । लेखक प्राडा.दाहालले कृति जन्माउनुको कारण चर्चा गर्दै सम्मान गर्ने सेवा सदन र उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
वरिष्ठ साहित्यसेवी रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको शर्मिला तिमिल्सिनाले उद्घोषण गर्नुभएको थियो । जसमा स्वागत मन्तव्य कल्पना गिरीको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच