
काठमाडौं । हिटाकर्मी कृष्ण भुसाललाई ‘परिवर्तन पत्रकारिता सम्मान' अर्पण गरिएको छ । बिहीबार काठमाडौंमा अयोजित हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार र पविर्तन सम्मान समारोहमा उहाँलाई सम्मानित गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा भएको समारोहमा विशिष्ठ कलाकार वसुन्धरा भुसाल, चैत्य देवी, नायक शिव श्रेष्ठ, बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, वरिष्ठ अभिनेत्री मिथिला शर्मालगायतले उहाँलाई रुद्राक्ष माला, टीका र सम्मानपत्रले सम्मानित गर्नुभएको थियो । विगत दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय कृष्ण भुसालले एक दर्जनभन्दा बढी कृतिको सम्पादन गर्नुभएको छ । यस्तै उहाँका विभिन्न समसामयिक तथा साहित्यिक लेख प्रकाशन भइरहेका हुन्छन् ।
समारोहमा अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार विष्णु सुवेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । यो पुरस्कारको संरक्षक तथा अध्यक्ष मोहन शमशेर जबरा रहनुभएको छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गर्नुभएको हो ।
परिवर्तन नेपालको आयोजनमा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन-चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको थियो । ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरिएको थियो ।
यस्तै, अभिनेता रविन्द्र सिंह बानियाँ, निर्देशक अमर ओली, अभिनेता जेबी रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन-चलचित्रकर्मी विशेष सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै सञ्चारकर्मी तुलसी गिरी भावुक, र कमला जोशीलाई ‘परिवर्तन-चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ-आफ्नो विधामा रचनात्मक योगदान दिँदै आउनुभएका चलचित्रकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा गर्वको अनुभूति भएको बताउनुभयो । प्रमुख अतिथि अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा पुरस्कार’को बेग्लै महत्व स्थापित भएको धारणा राख्नुभएको थियो । विशिष्ठ अभिनेत्री भुसाल र पुरस्कृत व्यक्तित्व अभिनेता पहारीले पुरस्कारको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहनुभएको छ । मायांका राणा सिरोइयाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ गायिका देविका बन्दना, कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्कालगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र चलचित्रकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति थियो । देवेन्द्र पाण्डेको संयोजनमा भएको कार्यक्रमलाई निर्देशक माधवराज खरेलले सहजीकरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच