
विराटनगर । सुनसरी-मोरङ, विराटनगर-रानी, विराटनगर-कटहरी औद्योगिक करिडोरमा हाल दैनिक आठदेखि १० घण्टासम्म विद्युत् आपूर्ति अवरोध भइरहेकोप्रति उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
बिना पूर्वसूचना भइरहेको विद्युत् कटौतीले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान सिर्जना भई उत्पादन कटौती गर्न बाध्य हुनुका साथै दैनिक करोडौंको आर्थिक नोक्सानी बेहोर्नुपरिरहेको भनी संगठनले विद्युत् प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरेको छ ।
हरेक वर्ष सुक्खायाममा विद्युत् आपूर्ति कम भई उद्योग व्यवसायमा अवरोध हुँदै आएको तथ्य र तथ्यांकसहित संगठनले बारम्बार ध्यानाकर्षण गराउँदासमेत दीर्घकालीन समाधानका लागि नियामक निकायबाट कुनै ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै उद्योग व्यवसायको समस्यालाई गम्भीरतापूर्वक नलिने प्रवृत्तिले प्राधिकरण निजी क्षेत्रको प्रताडनाबाट संवदेनशील नभएको अनुभूति भएको संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभययो ।
प्राधिकरणको नयाँ नेतृत्व विद्युत्को नियमित आपूर्ति र गुणस्तर सुधारमा केन्द्रित हुने अपेक्षा लिए तापनि त्यसतर्फ प्राधिकरणले खासै चासो नदेखाई नाफा र नोक्सानीमा केन्द्रित हुनाले उद्योग व्यवसाय थप प्रताडित हुन पुगेको उहाँको भनाइ छ ।
संगठनले सुक्खायाममा एकातर्फ विद्युत् महसुल बढी लिने र अर्कातर्फ विद्युत् निरन्तर आपूर्तिसमेत नगरिदिनाले उद्योग व्यवसाय दोहोरो मारमा परेका भन्दै उद्योग व्यवसाय क्षेत्रले सुक्खायाममा निरन्तर विद्युत् आपूर्तिको अभावमा बेहोर्नुपरेको कठिनाइ र सोबाट समग्र औद्योगिक क्षेत्रको मूल्य शृंखलामा परेको नकारात्मक प्रभावलाई गम्भीरतापूर्वक लिई विद्युत् आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुका साथै नियमित आपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच