
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको प्रिमियम विद्युतीय सवारी ब्राण्ड सेरेसले नेपालका सडकमा आफ्ना पाँच सयभन्दा बढी सेरेस इभी पुगेको घोषणा गरेको छ । उक्त उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्ने कम्पनीको भनाइ छ । सफलताका अवसरमा सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरेको थियो ।
कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सिइओ प्रसन्न पन्तलगायत प्रमुख व्यक्तिहरूको उपस्थिति थियो । एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले भन्नुभयो, ‘नेपालका सडकमा सेरेस गाडीको संख्या पाँच सयभन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नवीनतम इभी सोलुसन्सको प्रमाण हो ।
नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौं । सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिस डिजाइन नेपाली प्रयोगकर्ताको रोजाइसँग मेल खान्छ । यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच