काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेस प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ स्थित संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग गरेकोे छ ।
उक्त विद्यालयमा करिब एक हजार बालबालिकाहरू अध्ययन गर्दै आएका र अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहजताका लागि सहयोग प्रदान गरिएकोे बैंकले जनाएको छ ।
विद्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप पंखाहरू हस्तान्तरण गर्दै बैंकको सानो सहयोगले विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको उहाँको भनाइ थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि