
विश्वजगतमा धुर्वीकरणका घटनाहरू तीव्रत्तर विकास भइरहेका छन । विस्तारै युद्ध प्रभावका रेखा मध्यपूर्व हुँदै एसिया वा दक्षिण एसियाभित्र केन्द्रित भइरहेका छन् । हालै भारत-पाकिस्तानबीचको युद्ध विश्वजगतमा भइरहेका घटना र धुर्वीकरणको उपज हो भनेर ठोकुवा गर्न सकिन्छ । यद्यपि पहलगाम घटनामा आतंकवादी आक्रमणपश्चात् उत्पन्न भएका कारणको प्रतिशोध पूर्ण प्रतिक्रिया मान्न पनि सकिन्छ । सन् २०१६ मा डोनाल्ड ट्रम्पको उदयपछि ट्रेड वार सुरु भयो अहिले ट्यारिफका नाममा ट्रेड वारले उग्र रूप लिएको छ । ट्यारिफले अमेरिकी अर्थतन्त्र र विश्वजगतको अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्ला अथवा आत्मनिर्भरमुखी अर्थतन्त्र निर्माण गर्ने कैयौ देशको सपना के साकार होला ? यो पनि पछिल्लो समय अर्थराजनीतिमा विश्लेषण गर्न लायक विषय बनेको छ । युद्धको मूलकारण मध्य अर्थ पहिलो रूपमा गणना हुन्छ तसर्थ ट्रम्पको नीतिलाई युद्धसँग दाज्नु वाञ्छनीय हुन्छ ।
एसिया विभिन्न स्रोत-संशाधनले सम्पन्न क्षेत्र हो । यसलाई शान्ति क्षेत्र नेपालले गराउने पहल गरे तापनि केही देशको असहयोगका कारण यो सफल हुनसकेन । निष्क्रिय रहेको सार्कको अध्यक्षता गरिरहेको नेपालले शान्ति क्षेत्रको प्रस्तावलाई पुनः अघि सार्न जरुरी देखिन्छ । औचित्य युक्त बनाइएको बिमिस्टेकलाई व्यवस्थित गरी दक्षिण एसियाली राष्ट्रको हित उपर कार्य गर्न जरुरी छ ।
कुनै न कुनै बहानामा वार वा युद्धका आकार विकसित हुँदै गएका छन् । अर्कोतर्फ बहुध्रुर्वीय वैश्विक क्रान्तिका लागि प्रतिस्पर्धा चलिरहेको सर्वसामु स्पष्ट छ । अहिले एसियाले संसारलाई आर्थिक, सामरिक र जनसांखिक सार्मथय हासिल गरेबापत दोस्रो विश्वयुद्धपश्चात हेजीमोनी चलाइरहेका बादशाह हूँ भन्ने मुलुकलाई समुन्नत र सम्भाहक युक्त एसियाको मार्गचित्र प्रदर्शन गरिरहेको छ । यो एसियाबाहेकको द्वन्द्व विश्वलाई फिटिक्कै मन परेको छैन । जसका कारण कुनै प्रकारले दक्षिण एसियाका देशहरूलाई तहसनहस बनाउन अनेक कसरत गरिरहेका छन् । रुस-युक्रेन भिडाएर तमासा देख्नेहरू होस् वा इजरायल-प्लाइस्टाइन भिडाएर तमासा देख्नेहरू वा श्रीलंका, बंगलादेश, अफ्गानिस्तान भिडाएर तमासा देख्ने, यिनीहरू कुनै न कुनै रूपमा युद्धलाई मलजल गरिरहेका छन् ।
आतंकवाद सबैको मूल समस्या हो । संयुक्त राष्ट्रसंघको महाशभाबाट यसविरुद्ध सबै मिलेर लड्नुपर्ने नीति पास भएको दशक बितिसकेको छ । तर, व्यवहारमा आतंकवादलाई पक्षपोषण गर्नेको कमी छैन । एकातर्फ मानवअधिकारका तर्क अघि सारिन्छ भने अर्कोतर्फ आतंकवादलाई प्रश्रय दिइरहिन्छ । यो २१आंै शताब्दीका होमोसेपियन्सविरुद्ध प्रजातन्त्रको कपोकल्पित झुट र भ्रम हो । पहलगाममा भएको हमला मानवताविरुद्धको घटनामात्र नभएर जातीय र धार्मिक असहिष्णुताको घटना थियो । यसले भूभागीय दृष्टिकोणबाट दक्षिण एसियाली राजनीतिमा धार्मिक युद्धको अभ्यासलाई सुपरिचित बनाउने प्रयास ग¥या,े जुन विलकुलै उचित थिएन ।
भारत र चीनबीचको टु प्लस रणनीति एसियाको भविष्य निर्माणमा जुट्नुपर्दछ । हिन्द प्रशान्तीय क्षेत्रमा पश्चिमाहरू आँखा गाडिरहेका छन् । भारत र चीनको बढ्दो विकासक्रम देखेर आतिएकाहरूले साउथ चाइना सी र दक्षिण एसियाली उपमहादीपमा द्वन्द्वको बिउ रोप्न खोजिरहेको छन् । पाकिस्तान जस्ता देश पश्चिमाहरूको मतियार बन्नु हुँदैन ।
अन्तर्राष्ट्रिय सम्बन्धको सारभूत तत्व भनेको सामूहिकता, एकता र भातृत्व हो । तर, आतंकवादको विरुद्धमा विश्व एक ठाउँमा किन उभिन सक्दैन ? के यो प्रश्नको खोजी हुन जरुरी छैन ? पहलागाम घटनापश्चात विश्व दुई ध्रुर्वमा विभाजित भएर होइन, बरू पाकिस्तान आतंकवाद, जिहाद र प्रजातन्त्र कुन पक्षताको जगमा उभिने हो यो प्रश्न सदाका लागि एतिहासिक प्रश्न हुनसक्थ्यो तर निहीत शक्ति स्वार्थका कारण कुनै देशले प्रश्न उच्चारण गर्ने सामर्थय राखेन जुन बिडक्बना थियो ।
नेपालीमा एउटा उखान छ, ‘बुढी मरी भन्ने चिन्ता होइन काल पल्किन्छ कि भन्ने चिन्ता हो’ अहिले एसिया वा दक्षिण एसियाका स-साना मुलुकले भारत-पाकबीचको युद्धबाट त्रसित भएका छन् । यो त्रासदीका कारण आर्थिक, सामाजिक, व्यापारिक र राजनीतिक रूपमा उनीहरूमा कस्तो मनोवैज्ञानिक असर पर्नसक्छ भन्ने हो । ‘अपरेसन सिन्दुर’ नाम दिएको उक्त ओपरेसन केही दिनको युद्धपश्चात फिलहाल भने दुवै देश सिथिलीकरणको यात्रातर्फ केन्द्रित भएका छन्, यसलाई उपयुक्त कदमको रूपमा लिनुपर्दछ ।
एसिया विभिन्न स्रोत-संशाधनले सम्पन्न क्षेत्र हो । यसलाई शान्ति क्षेत्र नेपालले गराउने पहल गरे तापनि केही देशको असहयोगका कारण यो सफल हुनसकेन । निष्क्रिय रहेको सार्कको अध्यक्षता गरिरहेको नेपालले शान्ति क्षेत्रको प्रस्तावलाई पुनः अघि सार्न जरुरी देखिन्छ । औचित्य युक्त बनाइएको बिमिस्टेकलाई व्यवस्थित गरी दक्षिण एसियाली राष्ट्रको हित उपर कार्य गर्न जरुरी छ । भारत र चीनबीचको टु प्लस रणनीति एसियाको भविष्य निर्माणमा जुट्नुपर्दछ । हिन्द प्रशान्तीय क्षेत्रमा पश्चिमा आँखा गाडिरहेका छन् । भारत-चीनको बढ्दो विकास क्रम देखेर आतिएकाले साउथ चाइना सी र दक्षिण एसियाली उपमहादीपमा द्वन्द्वको बिउ रोप्न खोजिरहेको छन् । पाकिस्तान जस्ता देश पश्चिमाहरूको मतियार बन्नु हुँदैन । मसुद असर, लस्करे तोइवा, जे.से मोहम्मद जस्ता आतंकवादीलाई संरक्षण गर्नु नै मतियार हुनु हो । तसर्थ शान्ति क्षेत्रको उपमालाई सबैले आत्मसाथ गर्दै एसियाली क्षेत्रमा युद्धरहित एसियाका रूपमा परिभाषा गर्न सके हामी सबैको जित हुन्छ । शुद्धोधन-४, रूपन्देही ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच