
नवलपरासी । नवलपरासी पश्चिमका सातै स्थानीय तहहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाका रूपमा घोषणा भएका छन्। जिल्लामा तीन नगरपालिका (सुनवल, बर्दघाट, रामग्राम) र चार गाउँपालिका (पाल्हीनन्दन, सरावल, प्रतापपुर, बर्दघाट सुस्ता पश्चिम) गरी सात स्थानीय तह रहेका छन्।
पछिल्लो पटक पाल्हीनन्दन गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा भएसँगै बिहीबार परासीमा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरेको हो।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादवले अब नवलपरासी पश्चिमलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्न लुम्बिनी प्रदेश खोप समन्वय समितिमा सिफारिस गरिएको जानकारी दिए। प्रदेश समितिको प्रमाणीकरणपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिने उनले बताए।
स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका खोप सुपरभाइजर अधिकृत ओमप्रकाश पन्थीका अनुसार जिल्लामा जन्मेदेखि ५९ महिना उमेर समूहमा पर्ने २४ हजार ९१६ बालबालिका छन्। तीमध्ये खोप छुटेकाहरूको संख्या जन्मेदेखि १५ महिनासम्म उमेर समूहमा १३ जना र १६ महिनादेखि ५९ महिनासम्म १७३ जना गरी कुल १८६ जना थिए। ती सबैलाई खोपको दायरामा ल्याएपछि जिल्लाका सम्पूर्ण बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।
सरकारी तथा साझेदार निकायहरूको सहकार्यमा स्वास्थ्यकर्मी, स्थानीय सरकार र स्वयंसेवकहरूको सक्रियतामा खोप कार्यक्रम सफल भएको पन्थीले जनाएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच