
खोटाङ । खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा बेरुजु शुन्य देखिएको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले यस नगरपालिकामा ०.१५ प्रतिशतमात्रै बेरुजु देखाएको हो ।
११ वडा रहेको नगरपालिकालाई बिमला राईले हाँकिरहनु भएको छ । राई स्थानीयतह कार्यान्यवनमा आएपछि यही नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । स्थानीय तहको दोश्रो निर्वाचनबाट नगरप्रमुखमा निर्वाचित राई हाल नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ ।
बैशाख ३१ गते महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनअनुसार हलेसीको २३ लाख ६७ हजार बेरुजु देखिएको छ । एक अर्ब ५६ करोड ८१ लाख ६२ हजारको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।
विधिको शासनलाई पालना गर्नाले बेरुजु शुन्यमा झार्न संम्भव भएको नगरप्रमुख राईले बताउनुभयो। “स्थानीयतह कार्यान्वयमा आएको आर्थिक वर्ष २०७५/०७६ मा हलेसीको दश करोड बेरुजु आयो । जुनबेला म उपप्रमुख थिए। त्यसले हाम्रो कार्यप्रति एकदमै नकारात्मक प्रभाव पारेको हुनाले म फेरी दोहोरिएर मेयर भईसकेपछि वित्तीय अनुशासनलाई पालना गर्ने मुख्य दायित्व हो भनेर अगाडी बढेँ र मेरो टीमले त्यसमा साथ दियो त्यसकारण अहिले हामी जिल्लामा प्रथम हुन सफल भयाैँ ।” नगरप्रमुख राईले भन्नुभयो ।
महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनमा शुन्य नै हुन्छ बेरुजु भन्ने प्रश्नमा नगरप्रमुख राईले भन्नुभयो, ‘एकदमै कोशिष गर्छौ, नीति, विधी भन्दा बाहिर जाँदैनौ जसका कारणले गर्दा अहिलेको भन्दा खराब नतिजा आउला भन्ने आश पनि गर्दिन, राम्रो गर्ने कोशिष गर्ने हो ।’ हलेसी तुवाचुङ कोशी प्रदेशअन्तर्गतका १३७ स्थानीयतह मध्ये सबैभन्दा कम बेरुजु ल्याउनेमा तेश्रो स्थानमा रहेको महालेखाको प्रतिवेदनले जनाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जन्तेढुंगा गाउँपालिका पनि महिलाले नै हाँकिरहनु भएको छ । अरुणादेवी राईले हाँकिरहनु भएको उक्त गाउँपालिकाको बेरुजु १.४६ प्रतिशत देखिएको छ । गाउँपालिकाको ९७ करोड ५४ लाख आठ हजार लेखापरीक्षण गर्दा एक करोड ४२ लाख ५६ हजार बेरुजु देखिएको छ । बेरुजुका विषयमा प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष अरुणादेवीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।
आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिकाको सबैभन्दा कम ०.५० प्रतिशत बेरुजु देखिएको छ । ऐसेलुखर्कको एक अर्ब १५ करोड १५ लाख ८ हजार लेखापरीक्षण गर्दा ५७ लाख ३५ हजार बेरुजु देखिएको महालेखाले जनाएको छ । जनप्रतिनिधि, कर्मचारीबीचको समन्वय, सहकार्य, कामप्रतिको एकाग्रता, सेवा प्रवाहमा एकरुपता र आर्थिकरुपमा पारदर्शिताका कारणले बेरुजु शुन्यमा झार्न संम्भव भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईले बताउनुभयो ।
‘प्रदेश र संघीय सरकारबाट आउने बजेट समयमै आएमा र समयमै कामगर्ने निर्देशन भएमा आगामी वर्षमा बेरुजु अझै कमगर्ने कोसिस त गरिहाल्छौ नि ।’ अध्यक्ष राईले भन्नुभयो ।
जिल्लाको नगरपालिकातर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबैभन्दा धेरै १.२४ प्रतिशत बेरुजु देखिएको छ । १५ वडा रहेको नगरपालिकाको दुई अर्व २९ करोड ६१ लाख एक हजारको लेखापरीक्षण गर्दा दुई करोड ८५ लाखदुई हजार बेरुजु देखिएको छ ।
यस्तै, गाउँपालिकातर्फ साकेला गाउँपालिकाको सबैभन्दा बढी २.४३ प्रतिशत बेरुजु देखिएको छ । साकेलाको ८५ करोड ३२ लाख ५७हजारको लेखापरीक्षण गर्दा दुई करोड ७१ लाखदुई हजार बेरुजु देखिएको छ। साकेलामा पाँच वटा मात्रै वडा छ ।
महालेखाकाअनुसार रावाबेशी गाउँपालिकाको ९० करोड २३ लाख छ हजार लेखापरीक्षण गर्दा ०.७३ प्रतिशतअर्थात ६५ लाख७६ हजार, केपिलासगढी गाउँपालिकाको ९४ करोड २८ लाख ३६ हजार लेखापरीक्षण गर्दा ०.४८ अर्थात ७९ लाख ५२ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १ अर्ब १४ करोड ४३ लाख ५५ हजार लेखापरीक्षण गर्दा १.०७प्रतिशतअर्थात एक करोड २२ लाख छ हजार बेरुजु देखिएको छ ।
यसैगरी, बराहपोखरी गाउँपालिकाको ८१ करोड ७८ लाख ९८ हजार लेखापरीक्षण गर्दा १.८८ अर्थात एक करोड ५३ लाख ५४ हजार र खोटेहाङ गाउँपालिकाको १ अर्ब २८ करोड ९५ लाख दशहजार लेखापरीक्षण गर्दा १.४६ प्रतिशत अर्थात् एक करोड ८८ लाख ४३ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच