काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले फरक विचार बोकेकै आधारमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधरमाथि दमन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले हिन्दु राष्ट्रको समर्थन, राजसंस्थाको पक्षधरता, संघीयताविरोधी विचार राख्ने नागरिकहरूलाई लक्षित गरेर सरकारले दमन गरिरहेको आरोप लगाउनु भयो । देशमा सुशासनको माग गर्नेहरूलाई प्रताडित गर्ने हो भने सरकारले खुलेर बिद्रोहमा जाउ भन्नुपर्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बाहानामा पक्राउ गर्दै लाने हो भने सरकारले औपचारिक रुपमा भनिदियोस् । कि हामी बिद्रोहमा जाउँ । राप्रपाले र राजा मान्छु भन्नेहरुले, हिन्दु राष्ट्र मान्छु भन्नेहरुले, संघीयता मान्दिन प्रदेश खारेज हुनुपर्छ भन्नेहरुले, देशमा सुशासन कायम हुनुपर्छ भन्नेहरुले यसरी प्रताडित हुनुपर्ने हो भने सरकारले भनिदिनुपर्यो हामी बिद्रोहमा जान्छौं । बिद्रोहमा जाउ, जङ्गल पस भन्नुपर्यो ।’
उहाँले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाविरुद्धका क्रियाकलपा गरिरहेको भन्दै भर्त्सना गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका थुनामा रहेका नेता, कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र