
भोजपुर । शोध तथा अनुसन्धान विधि सम्बन्धि भोजपुरमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा शुक्रवारबाट सदरमुकाममा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण सोधपत्र, प्रस्तावना लेखन, खोज, अनुसन्धान, साइटेसन, प्रतिवेदन लेखन लगायत विषयमा केन्द्रित भएर सञ्चालन हुने आयोजक संस्थाका सदस्य पदम कार्कीले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा विषयविज्ञ सहप्राध्यापक डा. पर्वत कुमार राई, प्राध्यापकहरु रहनसिंह राई, बाबुराम ओझा, उत्तम सिंह राई र प्रकाश राईले सहभागीहरुलाई प्रशिक्षण गर्नुहुने छ ।
कार्यक्रमको उद्घाटन गर्दै भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरुको क्षमता विकास, शैक्षिक अनुसन्धान, खोज तथा लेखन क्षमता विकासमा टेवा पुग्ने बताउनुभयो । यस्ता कार्यक्रममा नगरले सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख आले, प्रशिक्षक तथा क्याम्पस प्रमुख डा.पर्वत कुमार राई, प्राध्यापक संघका अध्यक्ष वेनु कार्की, बरिष्ठ पत्रकार निरोज कोइराला, पत्रकार गोकुल भुजेल, प्राध्यापक, विद्यार्थीको उपस्थिती रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच