
झापा । कोशी प्रदेशको अब्बल मध्येको एक धुलाबारी नमूना माविले शुक्रबार एकसाथ दुई ऐतिहासिक काम गरेर तुलनात्मक रूपमा आफूलाई अग्रस्थानमा उभ्याएको छ । विद्यालयले १० लाख ४० हजार छात्रवृत्ति र विद्यालयको ऐतिहासिक पक्ष समेटिएको विद्यालय गीत सार्वजनिक गरेर आफूलाई अग्रणी सूचीमा उभ्याएको हो ।
धुलाबारी माविले एकसाथ १० लाख ४० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । विद्यालयका १३० जना विद्यार्थीलाई जनही आठ हजारका दरले छात्रवृत्ति वितरण गरेको छ । विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत एक हजार तीनसय विद्यार्थी मध्येबाट छनोट गरी सहिद विरेन राजवंशी छात्रवृत्ति वितरण गरिएको हो ।
छात्रवृत्ति नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, शिक्षा अधिकृत होमनाथ दाहाल, नगरपालिकाका सामाजिक विकास समिति संयोजक ह्रदय राजवंशी , विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्वाङले वितरण गर्नुभएको हो
राजवंशी २०२८ सालको झापा विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्ति थिए । उनको नाममा नगरपालिकाले छात्रवृत्ति स्थापना गरेको छ । सोही छात्रवृत्ति वितरण गरिएको हो । झापा मेचीनगरमा व्यवस्था परिवर्तनको आन्दोलनमा दुई जना विश्वनाथ घिमिरे र राजवंशीले साहदत प्राप्त गर्नुभएको छ ।
घिमिरेलाई २०१९ सालमा हत्या गरिएको थियो । विश्वनाथ घिमिरेको जीवनी मेचीनगर नगरपालिका स्थानीय पाठ्यक्रममा समेटेको छ । हाम्रो मेचीनगर नामक पाठ्यपुस्तकमा घिमिरेको र राजवंशी जीवनी समेटिएको छ ।
वैचारिक रूपमा घिमिरे लोकतन्त्रवादी र राजवंशी वामपन्थी हुनुहुन्थ्यो । उहाँहरु दुवैजनालाई पञ्चाय सरकारले हत्या गरेको थियो । उहाँहरुको स्मृतिमा नगरपालिकाले छात्रवृत्ति स्थापना गरेको छ । नगरपालिकाले धुलाबारी माविको कक्षा ११ र १२ मा अध्यनरत १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
घरमा खाना खाएर विद्यालय जाने विद्यार्थीलाई वर्षभरको पोसाक र स्टेसनरी अभाव टार्न छात्रवृत्ति उपलब्ध गराइएको कार्यक्रममा बताइयो ।विद्यालयले उद्देश्य अनुरुप नै छात्रवृत्ति वितरण गरेको विव्यास शिक्षक प्रतिनिधि धनु भट्टराईले बताउनुभयो ।
स्थापनाको ७५ वर्षे इतिहासमा पहिलो पटक 'सबैको लागि शिक्षा, सबैका लागि खेलकुद' आदर्श वाक्य समेटिएको गीत सार्वजनिक गरेको हो । गीतको रचना विद्यालयका शिक्षक मिलनकुनार ढुंगानाले गर्नुभएको हो । संगीत भविन ढुंगानाको छ । स्वर भविन, रोशा फुयाल , सुनिता तामाङ र भानुभक्त ढकाल रहेको छ । संगीतकार ललितकला क्याम्पसका प्राध्यापक हुनुहुन्छ । गीत ४ मिनेट १० सेकेन्डको छ ।
विद्यालयले आज सार्वजनिक गरेको गीतमा निकट दिनमा नै विद्यार्थी बीच टिकटक प्रतियोगिता गर्ने योजना गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो । शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहेको विद्यालयले गीत निर्माणसँगै ऐतिहासिक फड्को मारेको प्रअ लुइँटेलले बताउनुभयो ।
सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईं, शिक्षक रमेश दाहालले विद्यालयको विगत, वर्तमान र भावी योजना र शैक्षिक गतिविधिका बारेमा प्रष्ट्याउनु भएको थियो । उहाँहरुले विद्यालयले शैक्षिक स्तरवृद्धिमा स्थानीय अभिभावकको भूमिका अपरिहार्य रहेको र आफूहरू इमानदार प्रयासका साथ लागिपरेको बताउनुभयो ।
सूचना अनुसार धुलाबारी मावि आफ्नै गीत निर्माण गर्ने तेस्रो सामुदायिक विद्यालय हो । मेचीनगरकै मेची जनसाधारण मावि र अर्जुनधाराको शनिश्चरे माविले यसअघि आफ्नो गीत निर्माण गरेको रेकर्ड छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच