काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु एक लाख २५ हजार बराबरको घुस लिँदै गरेका अवस्थामा आयोगको टोलीले यादवलाई पक्राउ गरेको थियो ।
सो मुद्दामा विशेष अदालतले २०८१ वैशाख २१ गते फैसला गरेको थियो ।
उक्त फैसला कानुन सम्मत नभएको दाबी गर्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि