
काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसैवर्ष साइवर सुरक्षा कानून बन्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साइवर सुरक्षाको पोलेसि बनाएर त्यसको ऐन पनि निर्माण गर्ने जानकारी दिनुभएको हो ।
उहाँले सोसल नेटवर्क प्लेटफर्म नियमन ऐनपनि यसैवर्ष ल्याउने तयारी भइरहेको बताउनु भयो । सबै मन्त्रालयको सेवा डिजिटल बनाउँदै अन्तरसरकारी कार्यालयको ढाँचाभित्र रहेर काम गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।
उहाँले नेपाललाई आइटी आउटसोर्सिङ हवको रुपमा विजनेस प्रोसेसिङ डेस्टिनेशनका रुपमा र डाटा होस्टिङ जोनको रुपमा बनाउनुपर्ने समय आएको स्पष्ट पार्नुभयो । यसैगरी मन्त्री सुब्बाले भारत, श्रीलंका लगायत दक्षिण एशियाका अन्य राष्ट्रहरुको तुलनामा ठूलाठूला ग्रिन डेटा सेन्टर बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले डिजिटल नेपाल फ्रेमवर्क २.० बनाएका छौं । हाम्रो मन्त्रालयको हिरो अर्गनाइजेशन भनेको दूरसञ्चार प्राधिकरण र टेलिकम हो । यी दुईको बजेट मन्त्रालयको भन्दा ठूलो हुन्छ । तरपनि मैले आजसम्म यसलाई चलाउन सकेको छैन । यो मैले गुडवील देखाएको हो । म मन्त्री हुनेवित्तिकै आफ्ना मान्छे भर्ना पनि गरिन । भइरहेकै पुराना मान्छेहरुबाट चलाउ भन्ने मेरो सोच थियो । मैले प्रधानमन्त्री समक्ष पनि भनेको थिएँ म यिनै मान्छेहरुबाट चलाउँछु यदि कामै गरेनन् या गर्न दिएनन् भने त्यतिखेर म भन्न आउँछु । गाउँघरमा लिँडे गोरु जस्तै भएको छ । कामै भएको छैन । पुच्छर निमोठेपनि हिँड्दैन, लट्ठीले हिर्काउन थाल्यो भने ढाँड बंग्याउँछ तर हिँड्दैन । हाम्रा यी दुई संगठन लिँडे गोरुजस्तै हुन् । डिजिटल नेपालबारे पुच्छर चुँडियो तर गोरु हिडेन भनेझैं भयो । डिजिटल नेपाल फ्रेमवर्क २०७६ मा आठ वटा प्रमुख क्षेत्रहरुको ८० वटा डिजिटल पलहरुको पहिचान भएको थियो त्यसको कार्यान्वयनको समय तोकिएको थियो । प्रत्येक पहिचान र सम्बन्धित सरोकारवालाको समय पनि तोकिएको थियो । डिजिटल नेपाल फ्रेमवर्कको २ को १६औं योजनासँग समेत अनुकुल हुनेगरी तयार गरिएको हो । यसले डिजिटल आधार स्तम्भलाई जोड दिई कनेक्टिभिटि, डेटा एकीकरण र साइबर सुरक्षा जस्ता आधारभुत विषयलाई सुदृढ बनाउने लक्ष्य लिएको छ एकले । अहिले फ्रेमवर्क मोडलमा चाहीँ भविष्यका लागि तयार डिजिटल आधार, डिजिटल सर्भिसेज, सीप र डिजिटल साक्षरतालगायत चारवटा आधारस्तम्भ निर्धारण गरिएको छ । द्रुत गतिको विकासलाई सुरक्षित गर्नका लागि डिजिटल ट्रान्सफरमेशन चाहिएको हो हामीलाई । जसले सुशासन र पारदर्शितामा यसले मद्दत गर्दछ ।’
उहाँले मन्त्रीको शपथ खाएकै दिन प्रधानमन्त्रीले दुई वटा कुरा भन्नुभएको भन्दै सोसल नेटवर्कको ऐन र साइवर सेक्टरको ऐन ल्याउनुपर्ने भन्नुभएको बताउनु भयो । त्यसका लागि आफूले सम्बन्धित क्षेत्रका विज्ञसहित विभिन्न देशका कानुनको अध्ययन गरी ऐन बनाएको र सो राष्ट्रिय सभामा टेबलसमेत भइसकेको मन्त्री सुब्बाले जानकारी भयो । तर सैद्धान्तिक छलफलमा हुने ढिलाईले ऐन बन्न समस्या रहेको उहाँको भनाइ थियो । संसदीय प्रक्रियामा रोटेपिङ खेल्ने परम्पराका कारण अत्यावश्यक कानून निर्माणमा ढिलाई भइरहेको मन्त्री सुब्बाको गुनासो छ ।
उहाँले आफूले देश र जनताको भलो चिताएर काम गर्छु भनेर शपथ खाएकाले सबैले देश र जनताको हितमै काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच