
डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका लागि अझै गणतन्त्र नआएको बताउनु भएको छ ।
जनतासंग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको बैतडी जिल्लाको पाटनमा शुभारम्भ गरी पुष्पलाल मार्ग अन्र्तगत डडेल्धुराको जनसम्बाद कार्यक्रममा बोल्दै उहाँले बर्तमान गठबन्धन सरकार बन्नु जनता माथिको धोका भएको र जनताका लागि अझै गणतन्त्र नआएको बताउनु भएको हो ।
नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा गरिएको जनसम्बाद कार्यक्रममा माओवादी एजेण्डाका कारण संसदवादी दलहरुले गणतन्त्र स्वीकार गरेको बताउँदै व्यवस्था माथि आँँच आउने कार्यमा अहिलेको सरकार उद्दत रहेको बताउनु भयो ।
अभियानको कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय, महासचिव, निवर्तमान सभामुख, पूर्वमन्त्री लगायत पार्टीपक्तिका नेता तथा कार्यकर्ता र सयौं सर्बसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच