
हुम्ला । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटटेड हुम्लाले आफ्नो संस्थामा आवद्ध ग्राहक सदस्यका दुई जना छोराछोरीलाई आर्थिक सहयोग गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष प्रदान गरिने माध्यामिक उत्र्तीण ग्राहक सदस्यका छोराछोरीलाई डाक्टर हरिहरदेव पन्त स्मृति छात्रवृति पुरस्कार प्रदान गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटटेड हुम्लाका प्रमुख कुमार न्यौपानेले बताउनुभयो ।
आफ्नो संस्थाका ग्राहक सदस्यका दुई जना छोराछोरी सिमकोट गाउँपालिका–७ सर्जन सिंह र वडा–८ स्याडाका भुपना बुढालाई दश दश हजारका दरले आर्थिक नगद सहयोग गरिएको हुम्लाका प्रमुख न्यौपानेले बताउनुभयो ।
सिमकोट शाखाबाट प्राप्त निवेदन मध्ये सर्बोत्कृष्ट अंक प्राप्त गरेको भन्दै स्याडा मालिका समूहका सदस्य जान्की बुढाको छोरी र जबुका स्वा. महिला समूहका धनकला सिंहका छोरालाई छात्रवृति सहयोग गरिएको हो ।
निर्धनले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष आफ्ना ग्राहकका छोराछोरीलाई छात्रवृति सहयोग गर्दै आएको छ । उक्त संस्थाले प्रदान गरेको छात्रवेति पाउँदा आफुहरुको अध्ययनमा थप हौसला र राहत मिलेको विद्यार्थी भुपना बुढाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच