
कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा योजना तथा बजेट प्रक्रियामा नागरिक संलग्नता नीति बन्ने भएको छ ।
युनिसेफ, युरोपियन युनियन, सशक्त महिला, समृद्ध नेपाल, किर्डाक नेपालको समन्वय तथा शुभकालिका गाउँपालिकाको आयोजनामा शुक्रबार आयोजित अभिमुखिकरण गोष्ठिमा नागरिक संलग्नता नीति सम्बन्धि छलफल भएको हो ।
गाउँपालिका अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षता तथा पालिका उपाध्यक्ष धर्मकला शाही, प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही, वडाध्यक्ष, कार्यपालिका सदस्य, नागरिक समाज पत्रकार लगायतको विशेष उपस्थितिमा गोष्ठिको आयोजना गरिएको महिला बालबालिका शाखा प्रमुख अमृता अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै परामर्शदाता पत्रकार कालीबहादुर मल्ल र बिन्दुलाल रेग्मीले योजना तथा बजेट प्रक्रियामा नागरिक संलग्नता नीति सम्बन्धि नीतिको मस्यौदा प्रस्तुत गर्नुका साथै कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पालिका अध्यक्ष आचार्य र उपाध्यक्ष शाहीले नीति महत्वपूर्ण भएको हुनाले जेठ ३ गते बस्ने गाउँपालिकाको बैठकबाट पारित गरी अगाडि बढाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच