
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका ५ मल्कबाङका ५७ वर्षीया बलबहादुर दमाई र श्रीमती कर्मती दर्जी आफ्नै घरमा काम गर्ने कामदारको हत्याको आरोपमा पक्राउ परेका छन् ।
आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षिय मनबहादुर दमाईको हत्या आरोपमा दमाइर्कका दम्पती पक्राउ परेका हुन् ।
वैशाख २८ गते बिहान स्थानीयले पहिचान नखुलेको शव फेला परेको भनेर प्रहरीलाई सूचना दिएका थिए ।
सोही सूचनाको आधारमा खोजतलास र अनुसन्धान गर्दा बलबहादुरका दम्पतीले मनबहादुरलाई बाउसोको बिँड प्रहार गरेर टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
मनबहादुर दमाईको हत्यागरी शव सोही गाउँको खाम्चा जङ्गलमा फालेको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शव अभियुक्तको घरदेखि करिब सात सय मिटर टाढा भेटिएको थियो । मृतक मनबहादुर अभियुक्त दम्पतीको घरमा कामदारको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रहरीसँगको प्रारम्भिक बयानमा दम्पतीले आरोप स्वीकार गरेको जिप्रका म्याग्दीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । हत्याको कारण खुल्न सकेको छैन।
हत्यामा सङ्लग्न दम्पतीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर कर्तव्य ज्यान अन्तर्गत मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच