बार्सिलोना । बार्सिलोनाले २८औं पल्ट ला लिगाको उपाधि हात पारेको छ । बिहीबार राति सम्पन्न खेलमा एस्पान्योललाई २-० ले पराजित गर्दै बार्सिलोनाले दुई खेलअगावै उपाधि आफ्नो पोल्टामा पारेको हो । जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक पुगेको छ । जुन दोस्रो स्थानको रियल मड्रिडभन्दा सात अंक बढी हो ।
बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फर्मिन लोपेजले गोल गर्नुभयो । यमलले ५३औं मिनेटमा गोल गर्नुभएको थियो । लोपेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्नुभयो ।
यस सिजन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको छ । जारी सिजनमा बार्सिलोनाको यो तेस्रो घरेलु उपाधि हो । क्लब यसअघि स्पेनिस सुपर कप र कोपा डेल रेको च्याम्पियन बनेको थियो । एजेन्सी ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर