
क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अष्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले जारी गरेको आधिकारिक तथ्यांकले अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलब एक प्रतिशत रहेको बताएको हो ।
एबिएसले मार्च र अप्रिलको बीचमा कार्यरत अष्ट्रेलियालीहरूको संख्या ८० हजारले वृद्धि भएको र सोही अवधिमा बेरोजगारहरूको संख्या छ हजारले वृद्धि भएको बताएको छ । काम पाएका ८० हजार मानिसमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो । यो ४२ हजारले बढेको थियो ।
एबिएसको तथ्यांकअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात दुई दशमलब सात प्रतिशतले वृद्धि भएको छ । यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलब एक प्रतिशतको जनसंख्या वृद्धि दरभन्दा बढी हो ।
रोजगार–जनसंख्या अनुपात मार्चमा ६४ दशमलब एक प्रतिशतबाट बढेर अप्रिलमा ६४ दशमलब चार प्रतिशत पुगेको छ । यो जनवरीमा सेट गरिएको ६४ दशमलब पाँच प्रतिशतको रेकर्डभन्दा थोरै हो । काम गर्ने उमेरको जनसंख्याको अनुपात मापन गर्ने वा कार्यरत रहेका वा सक्रिय रूपमा काम खोजिरहेका सहभागिता दर मार्च र अप्रिलको बीचमा ६६ दशमलब आठ प्रतिशतबाट बढेर ६७ दशमलब एक प्रतिशत भयो ।
‘३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दर सबैभन्दा ठूलो वार्षिक वृद्धि थियो, यो एक दशमलब नौ प्रतिशत बिन्दुले बढेर ८८ दशमलब तीन प्रतिशत भयो’, एबिएसका श्रम तथ्यांक प्रमुख सीन क्रिकले भन्नुभएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच