
काठमाडौं । यम बरालको स्वर रहेको गीत ‘राम प्यारी’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेम लामाले निर्देशन गरेको गीतको भिडियोमा गायक बराल र दीपाश्री निरौलाको मुख्य भूमिका छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको गीतको भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृंगार देख्न सकिन्छ ।
टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको भिडियोको निर्माण गीताञ्जली शर्माले गर्नुभएको हो । भिडियोको छायांकन र निर्देशन प्रेम लामाले गर्नुभएको हो भने दिपेश एसकेको नृत्य निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच