
‘हेम पौडेलका कविताहरू’ कवि हेम पौडेलका कविता सङ्ग्रह गरेर प्रकाशित गरिएको पुस्तक हो । यस पुस्तकको सम्पादन गङ्गा कर्माचार्य पौडेलद्वारा गरिएको छ । प्रकाशनको जिम्मेवारी विनिता पौडेल पाण्डे तथा विश्व पौडेलले गर्नुभएको छ । पुस्तकको यो पहिलो संस्करण हो, जुन २०८१ सालमा प्रकाशनमा आएको छ । सर्वाधिकार सम्पादकद्वयमै रहेकै छ । यसको आवरण सज्जा वसन्तराज अज्ञातद्वारा तयार पारिएको हो । पुस्तकमा तौलयुक्त पहेँलो कागजको प्रयोग भएको छ । यसको छपाइ स्तरीय छ तर कतै अशुद्धि भने भेटिन्छन् । पुस्तकमा भूमिकाखण्डमा समेत गरेर जम्मा ११६ पृष्ठ छन् । यसको मूल्य २०० रुपैयाँ छ ।
राष्ट्र, राष्ट्रियता, समाज, मानवीय प्रवृत्ति, व्यंग्य विनोद, प्रकृति चित्रणलगायत विषय समेटिएका छन् । चराहरूमा डाँफे, काँडे भ्याकुर, तोपचरा, परेवा, कर्याङकुङलगायतको विषयमा लेखिएका कविता छन् । आफूले भोगेको समय, माटो र मुटु राजनीतिक विकृति, विज्ञान र प्रविधि आदि विषय समेटिएका छन् ।
हेम पौडेल कवि हुनुका साथै चित्रकारसमेत हुनुहुन्थ्यो । पछि उहाँको पहिचान चराविज्ञ तथा चराचित्रकारका रूपमा स्थापित हुन पुग्यो । विसं १९९७ सालममा जन्मिनुभएका उहाँको पार्थिव अवसान २०८० सालमा हुनपुग्यो र यसपछि धर्मपत्नी गङ्गा कर्माचार्यको पहलमा कविताहरू सङ्ग्र्रह गरी यो पुस्तक प्रकाशन गरिदिनुभएको हो । वसन्तराज अज्ञातद्वारा तयार पारिएको आवरण आकर्षक छ । माथि सेतो र तल कालो पृष्ठभूमिको आवरणमा हेम पौडेलको तस्वीर छ भने ठूला पहेँला अक्षरमा पुस्तकको शीर्षक ‘हेम पौडेलका कविता’ भनिएको छ । भूमिका खण्डमा प्राडा हेमनाथ पौडेलको ‘विविध विषय र विचारका कविता’, डा.रमेश शुभेच्छुको ‘हेम पौडेलका कविताको रङ’ विनिता पोडेल पाण्डेको ‘स्वस्थ, व्यस्त, मस्त जीवन मेरो ड्याडीको’ विश्व पौडेलको अङ्ग्रेजीमा लेखिएको ‘अ लटर टु ड्याडी’ र गङ्गा पौडेल कर्माचार्यको सम्पादकीय छन् ।
यसपछि विषयसूची छ । यसबाट जानकारी भए अनुसार पुस्तकमा ४७ वटा कविता समेटिएको छन् । केही मुक्तक, केही गद्य कविता, केही गीति कविता, केही पद्य स्वरूपका कविताहरू समेटिएका छन् । उहाँले कविताका विविध उपविधामा कलम चलाउनुभएको रहेछ भन्ने थाहा हुन्छ । उहाँ चराविज्ञ भएका कराण लेख्नुभएका केही कविता चरासम्बन्धी नै छन् । यसबाहेक उहाँले विषय छनौटका आधारमा विविध विषयलाई कविता लेखनको विषय बनाउनुभएको छ ।
राष्ट्र, राष्ट्रियता, समाज, मानवीय प्रवृत्ति, व्यंग्य विनोद, प्रकृति चित्रणलगायत विषय समेटिएका छन् । चराहरूमा डाँफे, काँडे भ्याकुर, तोपचरा, परेवा, कर्याङकुङलगायतको विषयमा लेखिएका कविता छन् । आफूले भोगेको समय, माटो र मुटु राजनीतिक विकृति, विज्ञान र प्रविधि आदि विषय समेटिएका छन् । प्रेम र प्रणयका कविताहरू पनि पुस्तकमा सङ्ग्रह भएका छन् । यसरी हेर्दा कवि, चित्रकार र चरा विज्ञको छवि बनाउनुभएका पौडेलका छरिएर रहेका कवितालाई समेटेर पुस्तकाकार रूपमा ल्याउने कार्य उहाँकी धर्मपत्नी गङ्गा कर्माचार्यले गर्नुभएको छ जुन प्रशंसनीय कार्य हो । कविताका शीर्षकमध्ये छोटा शीर्षकहरूको सङ्ख्या अत्यधिक छ ।
एक, दुई र तीन शब्दका शीर्षक बढी छन् तर एक-दुईवटा कविताहरू चार वा पाँच शब्दका छन् ती एक-दुईवटा मात्र छन् । शीर्षकका साथै पौडेलले लेख्नुभएका कविता छोटा छन् एक पृष्ठमै समेटिएका छन् र दुई–चारवटा कवितामात्र दुई वा तीन पृष्ठसम्मको फैलावटमा छन् । यस्ता कार्यहरू बेलाबेलामा भइरहनु आवश्यक छ । यसका लागि सम्पादक र प्रकाशकहरूलाई धन्यवाद ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच