
सबै जातिहरूको आ-आफ्ना कुलदेवी हुन्छन् । आफ्नो कुलले युगौंअघिदेखि मानिआएको देवलाई कुलदेवता र देवीलाई कुलदेवीका रूपमा प्रतिवर्ष विशेष दिनमा सबै भाइ ब्रिन्दालो जम्मा भएर पूजा गर्ने गर्दछन् । केही सीमित जातिको मात्र प्रतिवर्ष दिवाली हुन्छ अर्थात् बोका बलीदिने गर्दछन् । घ्यू होम्ने गर्दछन् । अरू धेरै जातिले भने एक वर्ष बिराएर पाठा काट्ने वा घ्यू होम्ने गर्दछन् । प्रतिवर्ष देवताको जात (वार्षिक नियमित पूजा) अर्थात् नयकका अन्न होमेर र चढाएर न्वागी खाने गर्दछन् । यो सबैको आफ्नो कूलदेव देवीप्रतिको सम्मान हो जुन काम गर्नाले आफ्नो वंशभित्र अपनत्व बढ्छ, भाइचारा हुन्छ र संगठित हुन्छन् ।
त्यसमा पनि बरामहरूको गोरखाका राजा पृथ्वीपति शाहपछि खाली हुन लागेको गोरखा राजगद्दी तनहुँ मावलीबाट रातारात नरभूपाल शाहलाई ल्याएर बरामहरूले थमाएकोले किपट पाए । जुन बोला गोरखाको १३ थुममा १३ मिजार कायम भयो जहाँ जहाँ बरामहरूको पुरातन बस्ती छ त्यहाँ त्यहाँका चण्डिको स्थान छ र चण्डीपूर्णिमाको दिन पूजा गरिन्छ ।
आफ्नो मिलन बिन्दु र पहिचान तिनै कुलदेवदेवी हुन्छन् । ती त सबैको अनि साझा पनि हो । को कहाँबाट आए ? के हुन् ? के पुज्छन् ? कहिले पुज्छन् ? के के गर्छन् ? घ्यू होम्ने खीर÷पायस बली दिने गर्छन् कि ? पाठा÷बोका अर्थात् राँगा बली दिन्छन् कि ? डांग्रे धामी छन् छैनन् ? कति दिन पूजाको काम हुन्छ ? प्रतिवर्ष दिवाली गर्छन् कि एक साल बिराएर गर्छन् ? यी सबै कुराको फेहरिस्त सबैको कूलपूजाबाट अर्थात् कूल देवदेवीबाट थाहा पाउँन सकिन्छ । संस्कार र संस्कृति भाषावाङ्मय कुनै पनि जातिको पहिचान र सभ्यता हो यदि भाषावाङ्मय संस्कार र संस्कृति नासियो मासियो हरायो भने त्यस जातिको पहिचान हराउँछ सभ्यता समाप्त हुन्छ । त्यसैले शताब्दीयौंदेखि पुर्खाले जोगाएर पुस्तारण गरेको संस्कृति भाषा अनि संस्कार पछिल्लो पुस्ताले जोगाउन र संरक्षण गर्नै पर्दछ । नत्र जातीय मानवीय सभ्यता हराएर जान्छ ।
तसर्थ बराम जातिको चण्डीदेवीप्रतिको सम्मान संस्थापन मन्दिर पूजन र चण्डिपूर्णे पर्व र चण्डी नृत्यले बराम जातिको पहिचान र सभ्यताको संरक्षण गरेको छ यथेष्ट कुराको प्रमाणिक संकेत गरेको पाइन्छ किनकि यहाँका बरामहरूको एक जाति एक मिजार हिजो कायम थियो ती थुममा मात्र होइन अरू कुटुम्बहरूका जातिले पनि प्रत्यक वर्षको चण्डीपूर्णिमाको दिन चण्डीदेवीको स्थापना गरी बलि दिई पूजा अर्चना गर्दछन् । चण्डिदेवीको महिमा स्तुति गरी लेखिएको चण्डी देवीको महात्म्यको पुस्तकमा पनि वैश्य जातिका समाधि र उनले गरेको तपस्याको उल्लेख गरिएको छ ।
अध्याय ११ को देव्यास्तुतिमा-
त्रिशूलचन्द्राहि धरे महाब्रिषभ वाहिनी
माहेश्वरी स्वरूपेण नारायणी नमोद्रस्तु ते । १४
माहेश्वरी स्वरूपले त्रिशूल चन्द्रमा सर्प धारण गरेकी ठूलो साँढेमा चढेकी हे नारायणी तिमीलाई नमस्कार छ ।
अध्याय ११ को १५ श्लोक :
मयुर कुक्कुटब्रिते महाशक्ति धरेद्रनघे ।
कौमारी रूप संस्थाने नारायणी नमोद्रस्तु ते ।। १५
मयुर र कुखुराले घेरिएको महाशक्ति धारण गर्ने कौमारी स्वरूपकी निष्पाप रूपी नारायणी तिमीलाई नमस्कार छ ।
यसैगरी पूजाको समयावधि पनि सैवकालको बेला वैशाख, जेठमा र भवकालको बेला मंसिरमा गर्नाले चण्डीमा लेखिएको अवधी १२ र १३ अध्यायले पुष्टि गर्छ । उधौली र उभौली पूजा पनि यसको प्रमाण हो । नवअन्न भित्य्राएको सहकालमा अन्न निख्रँदै गएको अनिकाल र नयाँखेती लाउने समयको पर्वले तथा यथार्थमा चण्डी वैश्य समुदायको सामाजिक वस्तुस्थिति बारे सुरथ नाम गरेको राजा र समाधि वैश्यको संवाद हुँदै अन्तिममा भविता मनुसम्ममा देवीबाट पाएको बर र पुनः राजै भएका कुरासम्मलाई मनन गर्दा यो वैश्यशास्त्र भन्न सकिने आधारहरू देखिएकाले बराम, सुनुवार, राई, मगरहरूबाट देवी चण्डीको कूलदेवताकै रूपमा भएको पूजालाई हेर्दा मनन गर्दा यी समुदायको कूलदेवी चण्डी नै हुन् भन्ने देखिन्छ ।
त्यसमा पनि बरामहरूको गोरखाका राजा पृथ्वीपति शाहपछि खाली हुन लागेको गोरखा राजगद्दी तनहुँ मावलीबाट रातारात नरभूपाल शाहलाई ल्याएर बरामहरूले थमाएकोले किपट पाए । जुन बोला गोरखाको १३ थुममा १३ मिजार कायम भयो जहाँ जहाँ बरामहरूको पुरातन बस्ती छ त्यहाँ त्यहाँका चण्डिको स्थान छ र चण्डीपूर्णिमाको दिन पूजा गरिन्छ । हरेक चण्डिस्थानमा चण्डीपूर्णेमामा पारिवारिक पर्वमेला जस्तै हुन्छ । तन्कालीन १३ थुममा-
कहिलेदेखि यी सम्प्रदायले जगदम्बा भगवती चण्डीको पूजाअर्चना गरिआएका हुन् भनी खोज्ने क्रममा ‘चण्डी’ को पुस्तकमा समाधि नामका वैश्यले र सुरथ नामका राजाले सँगै तपस्या गरेको कुरा उल्लेख छ । किन दुईले सँगै गरे भन्ने रोचक कथा छ–सुरथ नामका राजा स्वारोचिष मनु वंशका थिए भने समाधि धनी कुलघरानका वैश्य थिए ।
चण्डी अध्याय १३ को
जगाम सद्यस्तपसे स च वैश्यो महामुने ।
सन्दर्शनार्थमम्बाया नदीपुलितनसंस्थित ।। ९
स च वैश्यस्तपस्तेपे देवी सूक्तम् परं जपन् ।
तौ तस्मिन् पुलिने देव्याः क्रित्वा मुर्ति महीमयीम् ।। १०
जगदम्वाको दर्शनका निमित्त नदीको किनारामा बसेर उत्तम देवीसुक्त जपेर त्यो वैश्यले पनि तप गय्रो । ती दुईजनाले नदीको तटमा देवीको माटाको मूर्ति बनाएर फूल धुप चढाएर अग्निस्थापन गरी होम गरेर आरधना गरे ।
अहर्णाम् चक्रतुस्यस्याः पुष्पधूपाग्नि तर्पणै ।
निराहारौ यता हारौ तन्मनस्कौ समाहितौ ।।११
ददतुस्तौ बलिं चैब निजगात्तास्रिगुक्षितम् ।
एवं समाराधयतोस्त्रिभिर्वर्षैरयतात्मनोः ।। १२
चित्त वशमा गरेर निराहार रहेर ऊनैमा मनलाएर एकाग्र भएका ती दुईले आफ्ना शरीरको रगत निकालेर बलि पनि दिए । यस प्रकार निश्चल चित्तले आराधना गर्ने ती दुईबाट तीन वर्षमा प्रशन्न भए कि जगन्माता चण्डिकाले प्रत्यक्ष दर्शन दिएर बर पनि दिइन । के के बरदान पाए ? सप्रसँग प्रस्तुत हुँदैछ । सुरथ राजा र समाधि वैश्य कसरी भेट भए र किन सँगै तपस्या गरे ? यसमा बहुतै रमाइलो संयोगको उपकथा छ । सप्रसंग आउने नै छ ।
त्यसैले मार्कण्डेय ऋषिको सल्लाह बमोजिम विप्र आश्रममा भेट भएका स्वारोचिष मनुका मन्वन्तरका चैत्र वंशको समस्त क्षेत्रीय भूमण्डलका राजा ‘सुरथ’ नामका राज्यविहीन राजा र दुष्ट स्वास्नी र छोराहरूले सम्पत्ति लुटेर खेदिएको धनीकूल घरानको ‘समाधि’ नामको वैश्यले नदी किनारमा भगवती चण्डी देवीको तपस्या गरे । सँगै दुवैलाई भगवती प्रशन्न भई दर्शन दिइन् र आशिर्वाद पनि ।
सुरथ नामका राजा राज्यबाट लखेटिएका र समाधि नामको वैश्य घर परिवारबाटै लखेटिएकाले राजा सुरथलाई राज्यकै मायाले छट्पटिएका र समाधि नामको बैश्यलाई परिवारले सम्पत्ति लिएर घरैबाट निकाल्दा पनि तिनै मायामा बिलखबन्द भइरहँदा दुवैको गति दुर्गति एउटै भएको ‘दुखीदुखी एकै मुखी’ भए र भेट पनि विप्र आश्रममा भएको अनि दुवैलाई मार्कण्डेय ऋषिले चण्डीदेवीको तपश्या गरी देवी खुशी पार्दा फल प्राप्त हुने कुरा सुध्याएकाले दुवै नदी किनारमा सँगै तपस्या गरी देवी खुशी पारी फल प्राप्त गरे । राजालाई राज्य सुख फेरि प्राप्ति गरीपछि सूर्यबाट जन्मी सावर्णी मनु भनी कहलाए भनेर बरदान दिइन् ।
समाधि बुद्धिमान् वैश्यलाई उनकै माग बमोजिम् किन मलाई मेरै दुष्ट हुँदा पनि परिवारकै मायाले चित्त पोलिरहन्छ ? तसर्थ परिवार संसारबाट बिरक्त म र मेरो भन्ने आशक्ति नाश गर्ने ज्ञान पाऊँ भनेकाले सिद्धि ज्ञान प्राप्त भएकाले सुखी र खुशी भई नित्य भगवती चण्डीको भक्ति गरी सुख भोगले सिद्ध ज्ञानी बनिरहे । ‘यथा नाम तथा गुण’ जस्तो नाम त्यस्तै गुणले युक्त समाधि साँच्चै समाधि नै भए । यहाँनेर के तर्क पनि गर्न सकिन्छ भने कुलदेवी चण्डी देवीसँगै पितृ वायु पुजिने हुनाले कतै यो त्यति बेलैदेखिको समाधिस्थ पितृ पुज्ने परम्पराको संस्कारको निरन्तरता त होइन ? प्रश्नले सभ्यता र संस्कृतिको खोज र अनुसन्धानतिर डोहोर्याउँदछ । किनकि यत्तिकै कागतालीको कुरा हो भनिहाल्न मिल्दैन ।
मगर जाति नेपालका शक्तिपिठका प्रथम पुजारीका रूपमा स्थापित भएकाले यहाँ भनिरहन परेन । अनि पछि कालान्तरमा बुद्ध जयन्तीको रूपमा त्य ही चण्डी पूर्णिमाकै दिन बुद्धको मृयुपछि बुद्धको सम्झनामा बुद्धपूर्णिमा बुद्धजयन्ती भनी मान्न थालेकाले बुद्धको स्मृतिमा बुद्धपूर्णिमा मानि आएकोले चण्डीपुर्णे पछि मात्र बुद्धपूर्णिमा सुरु भयो भन्न सकिन्छ ।
यो प्रसंग यहाँ आउनु र ल्याउनुको पछाडि वैश्य जातिका बरामहरूको कुलदेवीकै रूपमा चण्डी कसरी भनेर हेर्दा ऊ बेलादेखि नै चण्डीलाई कुलदेवी मानी आएका नेपाल सरहदभित्र हिमवत् खण्डका राज्यसमेत सम्हाली आएका किरातीहरूकै हाराहारीमा आफूलाई स्थापित गरिआएका राई, सुनुवार, बराम जातिले चण्डिपूर्णेमात्र मान्ने होइन चण्डिनाच चण्डिको पूजाआजा गरिरहेका छन् । मगर जाति नेपालका शक्तिपिठका प्रथम पुजारीका रूपमा स्थापित भएकाले यहाँ भनिरहन परेन । अनि पछि कालान्तरमा बुद्ध जयन्तीको रूपमा त्यही चण्डीपूर्णिमाकै दिन बुद्धको मृयुपछि बुद्धको सम्झनामा बुद्धपूर्णिमा बुद्धजयन्ती भनी मान्न थालेकाले बुद्धको स्मृतिमा बुद्धपूर्णिमा मानि आएकाले चण्डीपूर्णे पछिमात्र बुद्धपूर्णिमा सुरु भयो भन्न सकिन्छ ।
त्यसैले यी बरामलगायतका चण्डी उपासक समुदाय बुद्धभन्दा पुराना समुदाय हुन् भनेर भन्न किन नमिल्ने ? तब केही अन्य वैश्य समुदाय त्यतै लागे तर यी त्यसभन्दा पूर्वदेखि नै आफ्नो कुलदेवी चण्डिलाई मानिआएका मगर र यी किरात जातिको आफ्नै परम्परा र संस्कृति संस्कार र सभ्यता रहिआएको कुरालाई यहाँ जोड्नकै लागि समाधि र सुरथको प्रसंग उतार गरी ल्याइएको हो । यी बुद्धपूर्णिमा मान्ने बौद्ध धर्मभन्दा अघि नै पुराना आफ्नै संस्कार भएका जाति हुन् भन्न सकिन्छ । त्यसैले त्यही दिन चण्डीको पूजा गरेर बली दिने आफ्ना वायु देवतालाई देवीसँगै पूजा र बली दिएर खुशी पार्ने अनि बेलुकी खाए खाएनन् ? पाए पाएनन् भनेर वायु बोलाएर सोध्ने गर्दछन् । यो मरेर गएका पितृसँग वार्ता गर्ने दिन पनि हो ।
यसलाई आफ्नै महत्व र विशेषताको रूपमा हामीले लिनुपर्दछ किनकि वायु बोलाउने बात गर्ने कुरा हाम्रो नेपाली समाजको विश्वभरिमै एक नौलो विशेषता हो । जुन यी समुदायमा अद्यापि रहिआएको छ । तसर्थ किटेर भन्न सकिन्छ चण्डी बराम जातिका कुलदेवी नै हुन् । त्यसैगरी सुनुवार राईको पनि चण्डीपूर्णे मान्ने, चण्डी पूजा गर्ने, चण्डी नृत्य नाच्ने, उधौली र उभौली भन्नाले अभावकाल (अनिकाल) सहकाल दुवै बेला पर्व मनाउने कुराले चण्डीको द्वादस त सैब काले महामारी सैव स्रिष्टिर्भवत्यजा ।
स्थितिं करोति भूतानां सैव काले सनातनी ।।
यिनै देवी आजन्मा कैले महामारी कहिले स्रिष्टि रूप लिन्छिन् । यिनै देवी सनातनीले
समय समयमा जीवको रक्षा गर्छिन् ।
भवकाले नृणाम् सैव लक्ष्मीविद्धिप्रदा गृहे ।
सैवाभावे तथा लक्ष्मीर्विनाशायोपजायते ।। ४०
मानिसको उन्नतिका समयमा यिनै लक्ष्मीको रूप लिएर वृद्धि गराउँछिन् अनि अभावमा दरिद्र रूपकी बनेर विनाशको कारण बन्छिन् । यही चण्डीको सहकाली र अनिकाली रूपलाई संकेत गरी उभौली र उधौली चाड मनाई नाचगान गरिएको बुझिन्छ । सोध खोजको विषय आफ्नै ठाउँमा होला तर चण्डीपूजा गर्ने जातिहरू नेपालका उच्चकोटिका आदिवासी हुन् भन्न चण्डी, चण्डीपूर्णे संस्कृति पूजा नृत्य र परम्पराले यथेष्ट प्रमाण दिन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच