
जसले शिक्षा दिन्छ त्यो शिक्षक हो । यस अर्थमा मान्छेले जीवनमा धेरै शिक्षकसँग साक्षात्कार गर्नुपर्छ र गरेको हुन्छ । शिक्षकसँग साक्षात्कार हुँदै जाँदा मान्छेले जीवन जिउने कला सिक्दै जान्छ । जीवन जिउने मात्रै होइन, कसरी जिउने, केका लागि र कसका लागि जिउने भन्ने कुरा पनि सिक्दै जान्छ । त्यसैले एउटा मान्छेको जीवनमा शिक्षकको भुमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । शिक्षकको यही महत्वलाई बुझेर नै मान्छेले शिक्षकलाई गुरु मानेर पूजा गर्ने गरेको हो, सम्मान गर्ने गरेको हो ।
हिजोका दिनमा कालोपाटीमा सेतो चकले लेखेर पढाउने र आजका दिनमा सेतो पाटीमा कालो मार्करले लेखेर पढाउने अथवा स्मार्टबोर्डमा स्मार्टपेनले लेखेर पढाउने टाइवाला मनुवामात्रै शिक्षक होइन, घरको आँगन अथवा खेतखलिहानमा खलखली पसिना चुहाउँदै जीवन जिउन सिकाउने धोती र कछाडवाला किसान पनि शिक्षक नै हुन् । अन्ततः यी दुवैखाले शिक्षकले जीवन जिउन र जीवनलाई अर्थपूर्ण बनाउन सिकाउने हुन् । त्यसैले मान्छेको जीवनमा यी दुवैखाले शिक्षकको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । यस्ता महान शिक्षकलाई सम्मान गर्नु हरेक मान्छेको कर्तब्य हो, दायित्व हो ।
साहित्य, जीवनदर्शन, ज्ञान, विज्ञान, चिकित्सा, व्यवस्थापन र आधुनिक सूचनाप्रविधिका ठूल्ठूला कुरा सिकाउने प्रोफेसर शिबाका, प्रोफेसर निकोलास, प्रोफेसर सुब्रतहरूमात्रै होइन, रख चढ्न, डोरी बाट्न, माछा मार्न, पौडी खेल्न, टुङ्ना, बाँसुरी र मादल बजाउन, गीत गाउन र नाच्न सिकाउने कुलरामहरू पनि शिक्षककै रूपमा प्रस्तुत गरिएको छ यो आख्यानमा ।
जीवन जिउन सिकाउने र जीवनको अन्धकार र अज्ञानता हटाउन मद्दत गर्ने गुरु अर्थात् शिक्षकहरूको सम्झना गर्दै लेखिएको आख्यानकृति हो ‘नौला शिक्षकहरू’ । यसका लेखक ज्ञानेन्द्रराज काफ्ले हुन् भने यो पुस्तकलाई सोपान मासिक, डिल्लीबजार, काठमाडौंले प्रकाशित गरेको छ ।
जीवनमा सिकाइको क्रम चलिरहन्छ । सिक्ने क्रममा अनेक पात्रहरूसँग साक्षात्कार भइरहन्छन् । ती पात्रहरूले कुनै न कुनै रूपमा सिकाइलाई निरन्तरता दिएका हुन्छन् अर्थात् केही न केही सिकाइरहेका हुन्छन् । कति सिकाइ जीवनपर्यन्त याद रहन्छन्, कुनै विस्मृतिमा हराउँछन् । यद्यपि कुनै नाउँ र ठाउँ, कृति र संस्कृति, समाज र सहर, शिक्षा र संस्कार, भोज र भोजन, राजनीति र कूटनीति, धर्म र सम्प्रदाय, देवता र दानव, भाषा र साहित्य, मान्छे र मानवता, भूगोल र ब्रहृमाण्ड, प्रकृति र सौन्दर्य, पात्र र प्रवृत्तिसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, आर्थिक र राजनीतिकलगायत यावत विषयमा जजसले जेजे सिकाउँछन्, ती सबै शिक्षक हुन् ।
साहित्य, जीवनदर्शन, ज्ञान, विज्ञान, चिकित्सा, व्यवस्थापन र आधुनिक सूचनाप्रविधिका ठूल्ठूला कुरा सिकाउने प्रोफेसर शिबाका, प्रोफेसर निकोलास, प्रोफेसर सुब्रतहरूमात्रै होइन, रख चढ्न, डोरी बाट्न, माछा मार्न, पौडी खेल्न, टुङ्ना, बाँसुरी र मादल बजाउन, गीत गाउन र नाच्न सिकाउने कुलरामहरू पनि शिक्षककै रूपमा प्रस्तुत गरिएको छ यो आख्यानमा । तर हामीले कुलरामजस्ता शिक्षकहरूलाई चिन्न र सम्मान गर्न सकेका छैनौं । शिक्षकको सम्झना र सम्मान गर्ने प्रयास लेखक ज्ञानेन्द्रराज काफ्लेले ‘नौला शिक्षकहरू’ कृतिमार्फत् गरेका छन् ।
यही पुस्तक नै आफ्नो पहिलो कृति भएको लेखकको स्वीकारोक्ति छ । लेखकको यो नै पहिलो कृति भइकन पनि लेखनमा भएको परिपक्वता र परिष्कृतता अनि विचारको सघनताले गर्दा लेखकीय क्षमता गजवसँग प्रस्फुटित भएको मान्न सकिन्छ । यस अर्थमा लेखकलाई सिकारु लेखक नभई सिद्धहस्त लेखककै रूपमा चिन्न सकिन्छ ।
पुस्तकको विषयसूचीमा उल्लेख भएअनुसार यो पुस्तक ‘मेरो कथा’, ‘उसका कथाहरू’ र फरि मेरो कथा’ शीर्षकका तीन परिच्छेदमा विभाजित छ । यी परिच्छेदअन्तर्गत सात खण्ड छन् । जसअनुसार पहिलो खण्डलाई कथान्यास भनिएको छ । दोस्रो खण्डलाई घरका शिक्षकहरू, तेस्रो खण्डलाई परदेशका शिक्षकहरू, चौथो खण्डलाई यात्राका शिक्षकहरू, पाँचौं खण्डलाई स्वदेशका शिक्षकहरू, छैटौं खण्डलाई जीवन नै शिक्षक र सातौं खण्डलाई उपसंहार भनिएको छ ।
लेखकले पुस्तकमा ‘मेरो कथा’अन्तर्गत आफ्ना कुराहरूलाई कथान्यासको रूपमा प्रस्तुत गरेका छन् । जीवनको भोगाइ र त्यसले दिएको अनुभव र अनुभूतिलाई सुन्दर आख्यानीकरण गर्नमा लेखक काफ्ले पोख्त देखिएका छन् । आफ्ना कुरालाई कथान्यासमा सुन्दर ढङ्गले आख्यानीकरण गरेका काफ्लेले अध्ययनका सिलसिलामा काठमाडौंमा रहँदा ब्रिटिश काउन्सिलमा भेट भएका पात्र प्राञ्जनबाट साहित्यकार बन्ने प्रेरणा प्राप्त गरेको र उनैको दैनिकीलाई आख्यानीकरण गरेर यो पठनीय पुस्तक ‘नौला शिक्षकहरू’ तयार पारेका छन् । साहित्यकार बन्ने लालसामा कहिले स्यामुयल टेलर कोलरिजका कविता, कहिले इटालीका महान लडाकु गरिबाल्डीको जीवनी पढ्दै र त्यसका बारेमा विमर्श गर्दै साहित्यिक यात्रामा अघि बढेको कुरा लेखकले कथान्यासमा भनेका छन् । कृतिका सात खण्डमध्ये पहिलो र अन्तिम खण्डमा लेखक स्वयं उपस्थित भएका छन् भने बाँकी खण्डमा यस आख्यानकृतिका केन्द्रीय पात्र प्राञ्जनको आत्मवृत्तान्तलाई निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
जीवनको भोगाइ र त्यसले दिएको अनुभव र अनुभूतिलाई सुन्दर आख्यानीकरण गरिएको यो पुस्तक कतै कथाजस्तो लाग्छ, कतै उपन्यासजस्तो पनि लाग्छ । कतै निबन्धजस्तो लाग्छ, कतै नियात्राजस्तो पनि लाग्छ । कतै गन्थनजस्तो लाग्छ, कतै मन्थनजस्तो पनि लाग्छ । यो कृतिमा विधामिश्रण भएको देखिन्छ, जसले मिश्रित स्वाद दिन्छ र पठनको आनन्द दिन्छ ।
अन्ततः ‘जीवन नै शिक्षक’ भनेर लेखकले आफ्नो जीवनलाई नै शिक्षक स्वीकार्न पुगेका छन् । ‘मैले जिउने क्रममा उपयोगी कुराहरू खोज्दै जाँदा विभिन्न समयमा धेरै कुराहरू भेटेँ हुँला, तर मेरो जीवनको आफ्नै अनुभवले मलाई जति र जसरी सिकाउँदै गयो, अरू कसैले पनि त्यति र त्यसरी सिकाउन सकेको जस्तो लाग्दैन । यसैले मैले आफ्नो जीवनलाई मेरो एउटा प्रमुख शिक्षक मानेको छु ।’ (पृष्ठ २४८)
वास्तवमा जीवन नै शिक्षक हो । जीवनले समयक्रममा अनेक कुरा सिकाउँछ, जसले जस्तै कठिन परिस्थितिमा पनि बाँच्न सिकाउँछ र जस्तै दुःखमा पनि हाँस्न सिकाउँछ । जीवनमा हाँसेर बाँच्ने कला भन्दा ठूलो कला अरू केही छैन । यस्तो कला सिकाउने जीवन नै सबैभन्दा महान शिक्षक हो । यही निष्कर्षमाथि जोड दिएको छ ‘नौला शिक्षकहरू’ कृतिले ।
जीवनको भोगाइ र त्यसले दिएको अनुभव र अनुभूतिलाई सुन्दर आख्यानीकरण गरिएको यो पुस्तक कतै कथाजस्तो लाग्छ, कतै उपन्यासजस्तो पनि लाग्छ । कतै निबन्धजस्तो लाग्छ, कतै नियात्राजस्तो पनि लाग्छ । कतै गन्थनजस्तो लाग्छ, कतै मन्थनजस्तो पनि लाग्छ । यो कृतिमा विधामिश्रण भएको देखिन्छ, जसले मिश्रित स्वाद दिन्छ र पठनको आनन्द दिन्छ । पाठकलाई जेजस्तो लागे पनि यो पुस्तक आख्यानको क्षेत्रमा एउटा गहकिलो सङ्ग्रह बनेको छ । आत्मसंस्मरण, आत्ममन्थन र नियात्राको मिश्रित संरचनामा विचार र कल्पनाशीलताको बेजोड संयोजन रहेको यो कृति नेपाली साहित्यको आख्यान विधामा एउटा महत्वपूर्ण उपलब्धिको रूपमा रहनेछ । पाठकको मनमा कौतुहल जगाउँदै अन्त्यसम्म डोर्याउने समाथ्र्य यो पुस्तकमा छ । जीवनका बारेमा धेरै गहन अभिव्यक्ति र आदर्श वाक्यहरू पनि ठाउँठाउँमा छन् । कुनै कुनै संवाद र अभिव्यक्तिले पाठकको हृदयलाई झङ्कृत् पार्नेछन् ।
‘...भगवान त आकाशमा बस्छ नि । त्यही हुनाले उसलाई हामी धर्तीमा बस्नेहरूको बारेमा राम्रोसँग थाहा हुँदैन नि ! फेरि आकाशबाट हेर्नेले हाम्रो सबै कुरा छ्याङ्ग कहाँ देख्छ र ? आकाशबाट हेर्दा त धनी मान्छेको टाउकोको कपाल, टोपी, फेटा, श्रीपेच, पगरीहरू देख्छ, तर हामीजस्तो गरिबको निधारमा बसेको नाम्लाको डाम, हत्केलाको ठेला र चिरा परेर छरछर रगत फुटेको पैताला देख्न सक्छ र ? धनीहरूको घर महल त देख्छ होला, तर हाम्रो स्याउले बुकुरो देख्दैन ।’ (पृष्ठ १६८) गरिबीको पीडा ओकल्ने यस्ता मार्मिक अभिव्यक्तिले पाठकको मनमस्तिष्कमा स्पर्श गर्नेछ । संवेदना पक्ष प्रबल छ ।
लेखकको जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोणले उनको वैचारिक गहनतालाई प्रमाणित गरेको छ । आख्यानको भाषाशैली सरल छ र कथावस्तुमा सहज प्रवाह छ । सरल र सहज भइकन पनि विचारको सघनता छ । विचारको सघनताले यो आख्यान कृति ओजपूर्ण बनेको छ र पठनीय बनेको छ । आख्यानमा हुनैपर्ने द्वन्द्वको अभाव भने महसुस हुन्छ । द्वन्द्वले कथानकलाई अझ रोचक बनाउँछ । त्यो रोचकताको अलि कमी छ । यो आख्यान कृतिले सम्पूर्ण शिक्षकको महत्व र महानताप्रति सम्मान प्रकट गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच