
सिर्जनाका फाँटहरू विविध छन्, अनेक छन् । स्रष्टा ती सबै सिर्जनात्मक विधा/प्रविधाको सेरोफेरोमा रहनु उसको क्षमताको प्रदर्शन हो । यो र त्योमा मात्र सीमित हुनु उसको कमजोरी हो, अनभिज्ञता हो, असक्षमता हो । यसलाई ढाक्न अनेकौँ बहाना गरी एकको वकालतमा समय खर्च गर्ने र अर्कोको तिरस्कारमा, घृणामा ओठ बर्बराउने स्रष्टाहरूको कमी अन्त त छैन, उर्वर भूमि चाहिँ नेपाल नै हो । सिर्जनात्मक स्तरको सीमा मापन गर्ने छोरो कुनै बाबुले दुनियाँमा जन्माएका छैनन् । यो ऊ भनेर सीमा निर्धारण गर्नु द्रष्टाभित्रको अहँको उचाइ मात्र हो । परिष्कारको टुङ्गो दिने आफैँ ऊ अपरिस्कृत छ । स्तर घट्ला कि ? यो सोच मूर्खहरूको शब्दकोशको शब्द मात्र हो ।
सोझो अति सोझो टाठाबाठा पटमूर्खहरूले राष्ट्रिय÷अन्तर्राष्ट्रिय मञ्चमा मस्ती गर्दा दर्शकदीर्घामा बसेर हँसिलो अनुहारले तिनलाई ताली पिट्ने अर्को स्वभावगत कलियुगको कार्टुन पनि हो केशवराज आमोदी । विशाल छातीको अनुहार मलिन भए पनि त्यहाँ कुनै भोक हुँदैन, असन्तुष्टि हुँदैन, ईष्र्या हुँदैन, लोभलालस हुँदैन, आविष्कारको अहङ्कार हुँदैन ।
शब्दमा नाकठिक, नयाँमा अस्वीकार यी सबै हठवादीहरूका फोस्रा स्वाङ् हुन् जो आफू केही नभएर केही हुँ को हुङ्कार उभिन उत्सुक हुन्छन् । यो क्षेत्र सानो हो । यसमा लेख्नु नै तल झर्नु हो भन्ने साँघुरा सोच इष्र्याका आँखा हुन् जो आफू लेख्न सक्दैनन्, जान्दैनन् तिनले पहिरिने पगरी मात्र हुन् यी । एउटा चाहिँ के साँच्चो कुरा हो भने स्रष्टाले जुन् विधाविशेषमा कलम चलाउँछ त्यसको सामान्य ज्ञान चाहिँ उसमा रहेको नै हुनुपर्दछ । सर्वत्र फैलिनु, लेख्नु लेखिरहनु, सबै क्षेत्रमा लेख्नु सच्चा सर्जक व्यक्तित्वको चौडा परिचय हो । चाहे सानामसिना प्रविधा हुन् चाहे ठूल्ठूला महाकाव्य, उपन्यास, महागाथा यी कुनै पनि आयामबाट आफूलाई स्रष्टाले अलग राख्नु अक्षमता हो । नबोली मौन बसेर छुपेरुस्तम तालले सिर्जनाको सच्चा समाधिविना विवाद कस्ने स्रष्टत्वको एकदमै कम नाममध्ये अग्र पङ्क्तिको नाम हो केशवराज आमोदी । गजल भन्नोस् वा मुक्तक, गजलकै सिद्घान्त भन्नोस् वा मुक्तकीय बाँन्कीको लेखन प्रवाह, कविता भन्नोस् वा कथा, उपन्यास भन्नोस् वा खण्डकाव्य, महाकाव्य जम्मैमा सीमारहित हिसाबले सीमा कोर्नेविरुद्ध सिर्जनाकै उत्तरात्मक झापड बनेर सिर्जनाकै समाधि कस्ने कलियुगको कार्टुन स्रष्टाको नाममध्येको निकै अगाडिको नाम पनि हो केशवराज आमोदी । एक्लो तर शान्त, अथाह सिर्जनाको खानी तर आशत्तिरहित सिर्जनात्मक बिहानीको नाम पनि यही हो ।
सोझो अति सोझो टाठाबाठा पटमूर्खहरूले राष्ट्रिय/अन्तराष्ट्रिय मञ्चमा मस्ती गर्दा दर्शकदीर्घामा बसेर हँसिलो अनुहारले तिनलाई ताली पिट्ने अर्को स्वभावगत कलियुगको कार्टुन पनि हो केशवराज आमोदी । विशाल छातीको अनुहार मलिन भए पनि त्यहाँ कुनै भोक हुँदैन, असन्तुष्टि हुँदैन, ईष्र्या हुँदैन, लोभलालस हुँदैन, आविष्कारको अहङ्कार हुँदैन, जान्ने छुको ‘ज’ जिउँदो रहँदैन । समुद्रमा के हुँदैन ? जम्मै हुन्छ तर गर्जना हुँदैन । खहरेमा के हुन्छ ? मात्र गर्जना, कर्कश, विनाश र व्यवधान तर सर्वांश अट्ने आयाम हुँदैन । अहिलेको नेपाली साहित्य दृष्टि र दर्शन लग्भग यिनै घेराका फेरामा घुमेका छन् । बालुवाहरू हावामा उडेर हुङ्कारले हल्ला गर्छन् । त्यस्तासँग शालीग्राम हेर्ने आँखामा पट्टी कसिन्छन् । समालोचक डाक्टरसावहरू जम्लाहातलाई आसमान उठाउँछन् । निर्णायकका विवेकमा तिघ्रा छन् । चाप्लुसीका मुटु बज्नसक्ने दैनिक जस्तो पुरस्कृत हुन्छन् । सम्मानित हुन्छन् । अमरकोशका सम्पूर्ण चाप्लुस शब्दका बिस्कुन सुकाएर पोखरा हल्लिनेहरू कहाँ छन् अहिले ? बोल्नेको पिठो त बिक्छ, एकछिन ऊ रमाउला भलै । कालान्तरसम्म आस्थाका आँखामा अस्तित्वको छाप रहने त चामल नै हो । सोह्रवटा प्रकाशित कृतिका नायक केशवराज आमोदीको पछिल्लो परिस्कृतिको पनि उचाइ चुम्ने÷चुमेको कृति हो ‘मत्स्यगन्धा’ महाकाव्य । यो महाभारतका कथावस्तु र विषयमा आधारित महाकाव्य हो । पराशर ऋषिलाई डुङ्गाबाट नदी तार्दा मत्स्यगन्धा वा सत्यवतीको धपक्क बलेको शारीरिक सौन्दर्यमा लट्ठिएका ऋषि पराशरले आफ्नो यौनेच्छा शान्त गरेपछिको सन्दर्भबाट नै भीमकाय महाभारत कृतिको जन्म भयो । अठार दिने महाभारतको युद्ध भयो ।
शान्तनु, भीष्म, चित्रविचित्रवीर्य हुँदै पाण्डु, धृतराष्ट्र र विदुरसम्म आइपुग्दा अहिलेको परिस्कृत विश्वमा चलेका अधुनातन सभ्यताका स्वरूपहरू त्यहाँ प्रयोग भइसकेका भेटिन्छन् अन्ध परम्परागत कर्मकाण्डे नेपाली मानसिकताबाट अलग रहेर हेर्ने हो भने । यिनै क्रममा वर्तमान विश्वकै गायत्री मन्त्रका रूपमा रहेको गीता जन्मन पुग्यो । सत् र असत्का बीचको युद्धमा सत्को विजय, असत्को पराजय । सत् अध्यात्म चेतोन्मुख हुने र असत् भौतिक विलासतिर उन्मुख हुने तथ्य पनि यही भीमकाय कृतिले स्थापित गरेको छ । आर्षमहाकाव्यका रूपमा परिचित महाभारतमा के छैन ? जे विश्वमा छ । विश्वमा जे छैन त्यो र ती सबै पक्षहरू महाभारतमा छन् । अति पितृमोहका प्रतीक भीष्मपितामह, यौनस्वतन्त्रताका प्रतीक व्यासबुहारी र कुन्ती प्रसङ्ग, बहु पतिप्रथाकी प्रतीक द्रौपदी, सदावहार समसौन्दर्यकी पनि प्रतीक कुन्ती, कटु तिक्त भए पनि सच्चा बोली नै सर्वोच्च हुन्छ भन्नेका प्रतीक युधिष्ठिरयम प्रसङ्ग, चेतनाका लागि जात धर्म कुल परम्परा कुनै सीमा पनि बाधक रहँदैनन्का प्रतीक विदुर आदिले भरिएको यस महाकाव्य, यसै महाकाव्यको एउटा बिन्दु विशेषलाई पक्रेर एकल जीवनको समाधि कसी लेखन सङ्कल्पमा सुतेका केशवराज आमोदीले दोस्रो महाकाव्यका रूपमा ‘मत्स्यगन्धा’ महाकाव्य नेपाली साहित्य भण्डारलाई सुम्पेका छन् ।
कृति सुम्पेका मात्र नभई कवितात्मक साहित्य साधनाको परिष्कृत/परिमार्जित स्वरूपको भव्य रूप पनि सुम्पेका छन् । यहीँनेर उद्दाम महाभारतको विषयलाई विषयबद्ध गरेको यस महाकाव्यमा देशको अफिममा लट्ठिएर पारिवेशिक सीमालाई ज्यादा ध्यान दिनुले अझै उत्कृष्ट स्रष्टत्वका लागि बाधक कसरमसरहरू आमोदीमा जीवित रहेको सङ्केत मिल्दछ । कारण उचाइ प्राप्त स्रष्टामा देश हुँदैन, सीमा हुँदैन, पिलर भत्काएर सङ्कीर्ण सोचबाट माथि उक्लदै मात्र विश्वमानवताको वकालत र एकमात्र विश्व माटोको बिहानमा बिउँझन सक्नुपर्दछ । व्यक्ति, देश, समाज, परिवार र वर्गका स्वार्थी फोकसमा सिर्जनालाई ठोस्नु हुँदैन । लग्भग कलियुगका जोगी केशवराज आमोदी बहुआयामिक परिष्कृत स्रष्टत्वको प्राकृतिक वरदान जन्मजात बोकेर आएका स्रष्टा हुन् भन्नेमा म विमत छैन । अरू बजारमा निस्केर जेसुकै हल्ला गरून्, जतिसुकै चर्को आवाजमा नभएको आफूलाई स्थापित गर्न कोलाहल मच्चाऊन्, अँहँ यी साधुसाधकलाई त्यससँग केही लिनुदिनु छैन । न त छिमेकी स्रष्टा धनराज गिरी झैँ परिवारको होस् वा उठ्बस्का लगौटियाहरूका नामोच्चारणको सूची भरेर कलासौन्दर्यलाई विकृत बनाउँदै उनलाई बिरबलको खिचडी पकाउनु नै छ ।
आमोदीको नाम लिँदा, वासुदेव त्रिपाठीको नाम लिँदा, रमेश खकुरेलको नामोच्चारण गर्दा यिनीहरू नेपालकै हुन् र ? वा नामै नसुनेको उत्तर आउनु साहित्यिक क्षेत्रमा दुःखद् कुरा हो । यसमा नाम थाहा नपाउनेमात्र दोषी छैनन्, नाम हुनेहरू पनि उत्तिकै दोषभाजक छन् ।
त्यो शान्त साधक कलात्मक सौन्दर्यसाधनाको शिखर आरोहणमा निरन्तर आरोहित छ । चाहे गजल सिद्धान्तमा गद्यलेखनको कलम घोटेर होस् चाहे सिर्जनात्मक गजल संसारमा नै बहर वा बेबहर लेखनको वहावमा प्रवाहित भएर होस् । एउटा सच्चा साधक त्यो हो वा हुन्छ जो विधागत कलासौन्दर्यको सर्वोच्चता नबिगारी त्यसभित्र पौडिन्छ वा पौडिने प्रयासमा सङ्कल्परत रहन्छ । यसै सीमाका केही शिखर व्यक्तित्वमध्ये निकै अगाडि आउँने नाम हो केशवराज आमोदी । गद्य÷पद्य दुवै लेखनका लागि समान किसिमले उत्तिकै छरिने सिर्जना साधक आमोदी के हुन् ? एक शब्दमा उत्तर दिनु पर्दा चाहिँ उनी कवि हुन् मात्र बेजोड कवि । फुट्कर कवितादेखिको अनवरत साधनाबाट खण्डकाव्य हुँदै महाकाव्यात्मक आयाममा सफलतापूर्वक छलाङ मार्न सक्नु, त्यसमा पनि पूर्वीय महाकाव्यिक कठोर मान्यताका साङ्लाभित्र प्रश्नरहित तौरतरिकाले भिज्न सक्नु आमोदी महाकाव्य लेखनको धुरो हो, मर्मको चुरो पनि हो ।
भावान्तमा सर्गबद्धता, मङ्गलाचरणमा कसैलाई माध्यम बनाएर अक्षरको यशोगान गाउनु, धीरोदात्त नायक/नायिकाको चयनमा जीवनले भोगेको जगत्को एउटा सिङ्गो पाटोको घेरोमा महाकाव्यलाई उभ्याउनु आफैँमा सच्चा स्रष्टत्वको उचाइ हो । शालिन साहित्य लेखनका माहिर आमोदी आफैँमा हाँसे पनि भद्र छन्, रोए पनि भद्र । यो अर्को असल कम स्रष्टाको पहिचानमध्ये एक हो । स्यालका बथानमा शावकमात्र बनेर काम दिँदैन । परेका बेलामा ब्याक किक र फ्रन्ट सिँगौरी उचालिन सक्नुपर्छ । बिरालाका भिडमा मुसोमात्र भयौँ भने जैविक निश्चितता कम रहन सक्छ । अहिले नेपाली साहित्यमा बिराला र स्यालका यति बिध्न जुलुस छन् पाइला उभ्याउन मुस्किल पर्छ सडकमा । हामीभन्दा सयौँ गुणा जान्नेसुन्ने कैयौँ छन्, आकर्षक लेख्ने कयौँ छन्, अनुशासित बस्नेहरू पनि त्यति नै छन् तर तिनका नाम हातका औँला जतिलाई पनि थाहा छैन । आमोदीको नाम लिँदा, वासुदेव त्रिपाठीको नाम लिँदा, रमेश खकुरेलको नामोच्चारण गर्दा यिनीहरू नेपालकै हुन् र ? वा नामै नसुनेको उत्तर आउनु साहित्यिक क्षेत्रमा दुःखद् कुरा हो । यसमा नाम थाहा नपाउनेमात्र दोषी छैनन्, नाम हुनेहरू पनि उत्तिकै दोषभाजक छन् । लेख्छुको गर्वमा मात्र फुलेर बस्ने हो भने डिजिटलको दुनियाँमा कसैले कसैलाई खोज्नेवाला छैन ।
हामी पनि यसमा सजग हुनुपर्छ । पुराना पुस्ता शिरमा सजाएर नयाँका स्वागतमा परेका बेला कमान्डिङ भ्वाइस अर्थात् आधिकारिक आकर्षक नयाँ आवाजले नभएकालाई ठोकेर आफू अगाडि उभिन सक्नुपर्दछ । आमोदीसँग लेखन क्षमताको उचाइ छ, पूर्वीय अध्ययन क्षमताको चौडापन पनि छ, मिलनसारिताको अति मात्रा त छँदै छ, सही÷असही नेपाली साहित्यिक व्यक्तित्वको अन्तर पहिचान छ । दुःखको कुरा सर्वगुण सम्पन्न हुन खोज्दा जे हो उसलाई उही भनेर ठोक्ने÷सोझै प्रहार गर्ने विशिष्ट एउटा नभई नहुने गुणको पूर्णतः अभाव छ यिनमा । माथिका ताली जति सबै कुल्चेर गालीको गोरेटो फराक पार्ने प्रयासमा केशवराज आमोदी लागिपरून्को कामना गर्दै अक्षरको कुलो रोक्छु यहीँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच