
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । न्युपोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले तीन विकेटको जित दर्ता गरेको हो । नेपालले २१३ रनको लक्ष्य सात विकेटको क्षतिमा ३८औँ ओभरमा प्राप्त गर्यो । शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन गरे पनि मध्यक्रममा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाउनुभएको हो ।
गुलशनले ८० रनको योगदान दिँदा आरिफ ७२ रनमा नटआउट रहनुभयो । सोमपालले नटआउट ९ रन जोड्नुभयो । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा कप्तानी सम्हाल्नुका दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिनुभयो । उहाँ आउट हुँदा नेपाल ५६-६ को दयनीय अवस्थामा थियो । तर, गुलशन र आरिफले सात विकेटका लागि ३३ रनको बलियो साझेदारी गर्नुभयो ।
त्यसअघि कार्डिफमा अवस्थित न्युपोर्टले २१२ रन जोडेको थियो । टोलीका लागि ओपनर विल त्रिप्कोलीले ११८ रनको योगदान दिनुभयो । नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिनुभयो । रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिनुभयो । नेपालले स्कटल्याण्ड ‘ए’ सँग दुई अभ्यास खेल खेल्नुअघि विश्वविद्यालय टोलीसँग पनि अभ्यास खेल खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच